सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निकटतम सम्बन्धबारे गोप्य सूचना दिने स्टकरवेअरको प्रयोग बढ्दो

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रीमान वा श्रीमतीको मोबाइल वा कम्प्युटरमा गोप्य रूपमा राखेर जासुसी गर्न प्रयोग गरिने सफ्टवेयरको प्रयोग बढ्न थालेको छ । स्टकरवेअर वा स्पाउजवेअर भनिने यस्ता शक्तिशाली जासुसी एप वा सफ्टवेअरहरू इन्टरनेटमा खुलेआम किन्न पाइन्छ ।

एकपटक कुनै मोबाइल वा कम्प्युटरमा राखेपछि यस्ता स्टकरवेअर मार्फत सबै एसएमएस पढ्न, नियमित रूपमा स्क्रिनको तस्बिर खिच्न, फोन भएको स्थान पत्ता लगाउन र क्यामरा मार्फत प्रत्यक्ष भिडिओ हेर्न सकिन्छ।

साइबर सुरक्षा कम्पनी क्यास्पर्स्कीका अनुसार गएको वर्षमा अघिल्लो वर्षभन्दा ३५ प्रतिशत धेरै मानिसले आफ्नो उपकरणमा स्टकरवेअर राखेको भेट्टिएको छ । क्यास्पर्स्कीको प्रविधिले यो वर्ष ३७ हजार ५ सय ३२ उपकरणमा स्टकरवेअर भएको पत्ता लगाएको छ।

मुख्य सुरक्षा अध्ययनकर्ता डेभिड इम, सो सङ्ख्या खासमा ‘ठूलो पहाडको एउटा सानो टुप्पो’ मात्रै भएको भन्दै यसको वास्तविक सङ्ख्या निकै धेरै हुन सक्ने ठान्छन्।

स्टकरवेअरबाट कसरी बच्ने?

अर्को सुरक्षा कम्पनी ईसेटले स्टकरवेअरको सम्बन्धमा गर्न सकिने केही कदमहरू भएको बताएको छ । ईसेटका जेक मुर भन्छन्: आफ्नो मोबाइलमा कुन कुन एपहरू छ भनेर हेर्ने र समय समयमा भाइरस छ कि भनेर हेर्ने गर्नुपर्छ ।

आफूलाई थाहा नभएको एप देखिएमा त्यो के हो भनेर इन्टरनेटमा खोज्ने र मेट्ने गर्नुपर्छ। सजिलोको लागि कुनै पनि एप तपाईँ चलाउनु हुन्न भने त्यसलाई मेट्नु नै उपयुक्त हुन्छ।

श्रीमान वा श्रीमतीले आफूमाथि स्टकरवेअर प्रयोग गरेर जासुसी गरेको थाहा पाएमा त्यसले मानसिक समस्या ल्याउने बताइन्छ । सेफर प्लेसकी जेम्मा ट्वेन्टन भन्छिन्: यसले मानिसको विश्वास गर्ने क्षमता कम गर्छ । उनीहरूले उपकरणलाई सहयोगी वस्तुभन्दा पनि हतियारका रूपमा देख्छन् । उनीहरूका लागि प्रविधि जाल बन्छ र धेरैले प्रविधि प्रयोग गर्नै कम गर्छन् ।

यसले तपाईँको बाँचुञ्जेल प्रभाव पार्छ। स्टकरवेअरको प्रयोग बढ्नु गम्भीर कुरा हो । बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

प्रेसलाई नियन्त्रण गर्ने सरकारको कुनै मनसाय छैनः सञ्चारमन्त्री डा तिमल्सिना

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

अव्यवस्थित तार हटाइँदै

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

अनलाइनमार्फत घरमै नक्सा

सामुदायिक सूचना केन्द्र सञ्चालन

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना