सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डायबिटिज (मधुमेह)का बिरामीले कुन फल खाने नखाने जानीराखाैं ?

२०७६ कार्तिक १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: डायबिटिज अर्थात मधुमेह भएका बिरामीहरुलाई के खान उपर्युक्त हुन्छ र के हुँदैन भन्ने सधै खडकिरहेको हुन्छ । प्रायजसो फलफूलको स्वाद गुलियो नै हुने गर्दछ ।त्यसमा सुगरको मात्रा अत्याधिक हुन्छ ।

कसैलाई मधुमेह वा डायबेटिज छ भने त्यसले जीवनभर समस्यामा पार्न सक्छ । एकपटक मधुमेह भयो भने यसलाई कन्ट्रोल त गर्न सकिन्छ तर पूरै तरिकाले यसलाई निर्मूल नै चाहिँ पार्न समस्या नै पर्छ । जे होस्, डायबिटिजलाई नियन्त्रणमा लिन शरीरमा चिनीको मात्रा सकेसम्म मिलाउनु पर्छ । र, यसलाई नियन्त्रणमा लिन हामीले खानामा कन्ट्रोल गर्नुपर्छ ।

डायबिटिज यस्तो रोग हो, जसलाई थोरै लापरवाही गर्दा पनि मुश्किल हुने गर्दछ । यो रोगका बिरामीका लागि सबैभन्दा खतरा खाना खाइसकेपछि जब ब्लडमा शुगरको मात्रा प्रभावित हुने गर्दछ तब धेरै खतरा रहन्छ ।

तर यसको खतरालाई कम गर्न सकिन्छ । यसको लागि तपाईंले जम्म १५ मिनेट छुट्याउनुपर्ने हुन्छ । मात्र तपाईंले खाना खाइसकेपछि १५ मिनेट हिँड्नु पर्दछ । एक अनुसन्धानले खाना खाने बित्तिकै १५ मिनेट हिँड्ने डायबिटिजका बिरामीमा शुगर बढ्ने खतरा कम हुन्छ ।

दिउँसोको खाना खाएपछि उत्पादन हुने इन्सुलिनको मात्रा दिनभरमा कम हुने गर्दछ । किनकि दिनमा धेरै हिँडडुल गर्नु पर्ने हुन्छ । तर रातको समयमा खाना खाएपछि हिँडडुल गरिँदैन र बसिरहँदा रगतमा ग्लुकोज बढ्ने सम्भावना धेरै रहन्छ ।

हिँडडुलको दौरान हाम्रो शरीरमा ग्लुकोजको खपत हुन्छ र यसले रगतमा शुगर बढाउने सम्भावना कम गर्दछ । यसले डायबिटिजका बिरामीका लागि शुगर नियन्त्रण राख्न मद्दत पुग्दछ ।

तर, कहिलेकांही सोधिन्छ- मधुमेहको समस्या भएका व्यक्तिहरु फलफूल खान त सक्छन् । तर, के उनीहरुले फलफूलको जुस पनि पिउनुहुन्छ ? यसको सरल जवाफ हो-हुँदैन । फलफलूलको जुसमा चिनीमात्र हुने भएकाले पनि यस्तो गर्नु हुँदैन । सुगर ब्यालेन्स गर्न त्यसमा फाइबर केही पनि हुँदैन । त्यसैले पनि मधुमेह भएका व्यक्तिहरुले जुस भन्दा फलफूलमा नै बढी जोड दिनुपर्छ ।

तर, केही फलफूल खाँदा पनि मात्रालाई ध्यान दिनुपर्छ । जस्तो कि अंगुर खाँदा एक मुठी अंगुरको आधाभन्दा धेरै खानु हुँदैन । त्यस्तै, तरबुजा पनि २ स्लाइसभन्दा धेरै खानु हुँदैन । आँप पनि मधुमेह भएका व्यक्तिहरुलाई ठिक हुँदैन । चिकित्सकहरु त दिनमा एक स्लाइसभन्दा धेरै आँप खान नहुने बताउँछन् ।

मधुमेह हुनेहरुले अर्को खानै नहुने फलफूल भनेको केरा हो । उनीहरुले केराको मात्रा अत्यन्त कम खानु पर्ने हुन्छ । दिनमा एउटा केराको आधा मात्र खाँदा उनीहरुलाई फाइदा हुन्छ ।

डायबिटिजका बिरामीहरुले फलफुल खाँदा धेरै सावधानी अपनाउनु पर्दछ । डायबिटिजका बिरामीले कुन फल कति मात्रामा खाने यस्तो भन्छ्न बिज्ञहरु :

१. धेरै पाकेको फलको तुलनामा कम पाकेको या काँचोमा सुगरको मात्रा कम हुन्छ । त्यसकारण धेरै पाकेको फल खाँदा विचार पुर्याउनुपर्छ । फलफूलको बोक्रामा फाइबरको मात्रा प्रचुर हुने भएकाले स्वादका लागि सबै फलका बोक्रा खानु राम्रो होइन ।

२. फललाई आफ्नो डाइटमा राख्नुपर्छ, राख्न आवश्यक पनि छ, तर सबै फल डायबिटिजका लागि स्वास्थ्यवद्र्धक हुँदैनन् । खरबुजा, आँप, कागती, चिकुजस्ता फल स्वास्थ्यका लागि निकै सहयोगी हुन्छन्, तर खाँदा मात्रामा ध्यान पुर्याउन निकै आवश्यक छैन ।

३. सुगरको मात्रा कम हुने फलफूलजस्तै नासपाती, आँप, अम्बाको सेवन गर्नुस् ।

४. फलको जुसभन्दा फल नै सेवन गर्न लाभलायक हुन्छ । त्यस्तै बजारमा पाइने डब्बामा प्याक गरिएका जुस बिल्कुलै नपिउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

१३ जनामा औलो सङ्क्रमण पुष्टि

छयासी वटा एम्बुलेन्स अद्यावधिक

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित