सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मालीमा सेनाको पोस्टमा इस्लामिक लडाकूको आक्रमण: सर्वसाधारण सहित ५४जनाको मृत्यु

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अफ्रिकी राष्ट्र मालीस्थित उत्तर–पूर्वी मेनाका क्षेत्रमा इस्लामिक लडाकूहरुले सेनाको पोस्टमा आक्रमण गर्दा एक जना सर्वसाधारण सहित ५४ जना सिपाहीको मृत्यु भएको छ ।

मालीको उत्तरपूर्वी सीमा निगर नजिकै मेनका क्षेत्रमा रहेको सैनिक ब्यारेकमा हमला भएको र आक्रमणमा १० जनाको जीवितै उद्धार गरेको सरकारका प्रवक्ता याया संगारले अन्तराष्ट्रिय समाचार माध्यमहरुलाई जानकारी दिएका छन् ।

पछिल्लो दशकमा मालीमा सेनामाथि आक्रमण भएको यो हालसम्मकै ठुलो आक्रमण हो । माली सेनाले यस आक्रमणलाई ‘आतंकवादी आक्रमण’ को संज्ञा दिएको छ ।

आक्रमणको जिम्मा हालसम्म कसैले पनि लिएको छैन । बुर्किना फासोको सीमा नजिकै ४० जनाको ज्यान जाने गरी दुई आक्रमण भएको एक महिनामै यस्तो हमला भएको हो । मालीको उत्तरी क्षेत्र अल क्वायदा सम्बद्ध लडाकु समूहको नियन्त्रणमा रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरिफको बेइजिङ भ्रमण तय

रुसमा मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै

तेहरानले शान्तिका लागि पछिल्लो अमेरिकी प्रस्तावको समीक्षा गरिरहेको छ : इरानी विदेश मन्त्रालय

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

हर्मुजमा इरानको कडा नियन्त्रण

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

इरानको चेतावनी कडा

रुस–चीन ग्यास वार्ता अलपत्र

सी–पुटिन सम्बन्धमा जोड

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित