
काठमाण्डौ: भारतको काश्मीरस्थित श्रीनगरमा ग्रिनेड हमला भएको छ।
श्रीनगरमा भएको उक्त हमलामा १ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको भारतीय सन्चार माध्यमले जनाएका छ्न् ।
श्रीनगरको हरि सिंह हाई स्ट्रिटमा भएको सो हमलाको क्रममा भिडमा किच्चिएर एक व्यक्तिको मृत्यु भएको साथै १५ जना घाइते भएको श्रीनगरका एसएसपी हसीब मुगलले जनाएका छ्न ।
सो हमलापछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइ घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
सोही ठाउँमा एक साता अघि ग्रिनेड हमला हुँदा ७ जना घाइते भएको जनाएको छ ।