सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारी छुटका साथ ३ लाखभन्दा बढी सामानहरु लिएर आउँदैछ अनलाइन शपिङ साइट “दराज”

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पछिल्लो समय चर्चामा रहेको अनलाइन शपिङ साइट दराजले कात्तिक २५ गतेका दिन ३ लाख भन्दा बढी सामानहरुमा आकर्षक छूट दिने भएको छ ।

डे ११.११ सेल (एक दिनको सेल) यहि कात्तिक २५ गते नोभेम्बर ११ को मध्यराती देखि नै संसारकै सबैभन्दा ठुलो सेल सुरु हुने घोषणा गरेको हो ।

चीनमा सिंगल्स डे भनेर नोभेम्बर ११ को दिन एकतालाई मनाइन्छ । त्यस्तै अलिबबाले २००९ मा आफ्नो शपिङ प्लेटफर्म टी मलमा भारी छुट दिने भनेर ११.११ को आयोजना गरेपछी सबै बदलिएको छ ।

अलिबाबासँग सम्बधित सबै देशहरु तथा दराजले व्यापार गर्ने देशहरुमा आयोजना हुने यो मेगा सेल अहिले विश्वव्यापी रुपमा एक मनोरन्जनात्मक सेल डे को रुपमा परिणत हुँदै आएको छ ।

दराजले यो बर्ष ३ लाख भन्दा बढी सामानहरुमा आकर्षक छूटहरु लिएर आउदैछ भने करिब चार लाख बढी प्रयोगकर्ता सहभागी हुने अनुमान गरिएको छ ।

गतवर्षको ११.११ सेलमा हामीले भारी प्रतिक्रिया पायौं र हामीले धेरै कुराहरु पनि सिकेपछि कसरी यसलाई झनै राम्रो बनाउन सकिन्छ भन्दै लागीपरेका छौ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग बताउँछन् ।

साथै अहिलेसम्म भएका अभियानहरुबाट सिकेर हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रदान गर्नसक्छौं भन्ने विश्वास राख्दछौ भन्दै ३ हजार भन्दा बढी बिक्रेताहरु, ५ बैंकहरु, र झनै विकसित वितरण प्रविधिका साथ यो ११.११ लाई झनै राम्रो र भव्य बनाउने सोच रहेको प्रबन्ध निर्देशक अलरिंगले बताएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

विकासका लागि निजी क्षेत्रको पुँजी आवश्यक छः अर्थमन्त्री वाग्ले

अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै