
काठमाण्डौ: पछिल्लो समय चर्चामा रहेको अनलाइन शपिङ साइट दराजले कात्तिक २५ गतेका दिन ३ लाख भन्दा बढी सामानहरुमा आकर्षक छूट दिने भएको छ ।
डे ११.११ सेल (एक दिनको सेल) यहि कात्तिक २५ गते नोभेम्बर ११ को मध्यराती देखि नै संसारकै सबैभन्दा ठुलो सेल सुरु हुने घोषणा गरेको हो ।
चीनमा सिंगल्स डे भनेर नोभेम्बर ११ को दिन एकतालाई मनाइन्छ । त्यस्तै अलिबबाले २००९ मा आफ्नो शपिङ प्लेटफर्म टी मलमा भारी छुट दिने भनेर ११.११ को आयोजना गरेपछी सबै बदलिएको छ ।
अलिबाबासँग सम्बधित सबै देशहरु तथा दराजले व्यापार गर्ने देशहरुमा आयोजना हुने यो मेगा सेल अहिले विश्वव्यापी रुपमा एक मनोरन्जनात्मक सेल डे को रुपमा परिणत हुँदै आएको छ ।
दराजले यो बर्ष ३ लाख भन्दा बढी सामानहरुमा आकर्षक छूटहरु लिएर आउदैछ भने करिब चार लाख बढी प्रयोगकर्ता सहभागी हुने अनुमान गरिएको छ ।
गतवर्षको ११.११ सेलमा हामीले भारी प्रतिक्रिया पायौं र हामीले धेरै कुराहरु पनि सिकेपछि कसरी यसलाई झनै राम्रो बनाउन सकिन्छ भन्दै लागीपरेका छौ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग बताउँछन् ।
साथै अहिलेसम्म भएका अभियानहरुबाट सिकेर हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रदान गर्नसक्छौं भन्ने विश्वास राख्दछौ भन्दै ३ हजार भन्दा बढी बिक्रेताहरु, ५ बैंकहरु, र झनै विकसित वितरण प्रविधिका साथ यो ११.११ लाई झनै राम्रो र भव्य बनाउने सोच रहेको प्रबन्ध निर्देशक अलरिंगले बताएका छ्न् ।