सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री, सचिवालयका सदस्यले गरे एकाएक राजिनामा

२०७६ कार्तिक २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रधानमन्त्रीको सचिवालयमा कार्यरत एकदर्जन सल्लाहकार र सहयोगीले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन निर्देशन दिए लगत्तै उनीहरूले शुक्रबार एकाएक राजिनामा दिएका हुन् ।

मन्त्रिपरिषद्मा रहेका केही मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाँउदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्ने पूर्वतयारी अनुरूप नयाँ ढंगले काम गर्नका लागि राजीनामा दिएर बाटो सहज पार्न सबै सल्लाहकारलाई यस्तो निर्देशन दिएको हुनसक्ने स्रोतको दाबी छ ।

राजिनामा दिनेहरूमा प्रधानमन्त्रीको प्रमुख राजनितिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी रहेका छन् ।

प्रेस सल्लाहकार डा. कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीले पनि राजिनामा दिएका छन् । यसैगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस विज्ञ चेतन अधिकारी र रामशरण बजगाईंले पनि राजिनामा दिएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले एकाएक राजीनामा दिएका हुन् । सचिवालय सदस्यहरुले मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिएका हुन् ।

हालसम्म प्रधानमन्त्रीले सचिवालयका सबै सदस्यहरूको राजिनामा मागेर राखेकोले स्वीकृत हुन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हामी सुरक्षा सम्बन्धी कार्यक्रममा कसैको छाताभित्र जान सक्दैनौं, जान हुँदैन : प्रधानमन्त्री, पुष्पकमल दाहाल प्रचण्ड (अन्तवार्ता)

संविधानले मान्ने र अर्थतन्त्रले धान्ने माग पूरा हुन्छन्  : शिक्षामन्त्री, अशोककुमार राई (अन्तवार्ता)

शिक्षकहरू आन्दोलित हुनुको पछाडि राजनीतिक फाइदा देखिन्छ: डा. विद्यानाथ कोइराला (अन्तर्वार्ता)

संविधान पवित्र दस्तावेज हो तर कार्यान्वयनमा ध्यान दिनुपर्छ : प्रधानन्यायाधीश, विश्वम्भरप्रसाद श्रेष्ठ (अन्तरवार्ता)

‘संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ’ : नेपाल समाजबादी पार्टी अध्यक्ष, डा. बाबुराम भट्टराई (अन्तर्वार्ता)

संविधान संशोधनतिर भन्दा प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख, देवराज घिमिरे (अन्तवार्ता)

चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने विषयमा पहिलेदेखि नै दृढ छौं : परराष्ट्रमन्त्री एनपी साउद (अन्तवार्ता)

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ: सांसद परियार

निर्वाचन र शासकीय प्रणाली फेर्नैपर्छ: पूर्वसभामुख ओनसरी घर्ती [अन्तर्वार्ता]

लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (अन्तवार्ता)

नेपालसँग सीमा विवाद नभएको चीनले हाम्रो संवेदनशीलता बुझ्नुपर्थ्यो, बुझ्नुपर्छ  : एमाले उपमहासचिव, प्रदीप ज्ञवाली (अन्तवार्ता)

माओवादीका पदाधिकारी प्रचण्डसामु जिउँदो लास जस्तो देखिए : माओवादी केन्द्रीय सदस्य, लक्ष्मण पन्त (अन्तवार्ता)