सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री, सचिवालयका सदस्यले गरे एकाएक राजिनामा

२०७६ कार्तिक २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रधानमन्त्रीको सचिवालयमा कार्यरत एकदर्जन सल्लाहकार र सहयोगीले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिन निर्देशन दिए लगत्तै उनीहरूले शुक्रबार एकाएक राजिनामा दिएका हुन् ।

मन्त्रिपरिषद्मा रहेका केही मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाँउदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्ने पूर्वतयारी अनुरूप नयाँ ढंगले काम गर्नका लागि राजीनामा दिएर बाटो सहज पार्न सबै सल्लाहकारलाई यस्तो निर्देशन दिएको हुनसक्ने स्रोतको दाबी छ ।

राजिनामा दिनेहरूमा प्रधानमन्त्रीको प्रमुख राजनितिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी रहेका छन् ।

प्रेस सल्लाहकार डा. कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीले पनि राजिनामा दिएका छन् । यसैगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस विज्ञ चेतन अधिकारी र रामशरण बजगाईंले पनि राजिनामा दिएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले एकाएक राजीनामा दिएका हुन् । सचिवालय सदस्यहरुले मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिएका हुन् ।

हालसम्म प्रधानमन्त्रीले सचिवालयका सबै सदस्यहरूको राजिनामा मागेर राखेकोले स्वीकृत हुन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधानले दिएको आवास अधिकार कार्यान्वयन गर्न खोज्दा आयोग हटाइयो : हरिप्रसाद रिजाल (अन्तवार्ता)

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : चन्द्रप्रसाद ढकाल (अन्तवार्ता)

जनताको विश्वासमा काम गर्न नसके फेरि मत बदलिन्छ : रास्वपा सांसद, विश्वराज पोखरेल (अन्तवार्ता)

‘प्रतिपक्ष कमजोर भए पनि लोकतन्त्रलाई जनताले लगाम लगाउँछन्’ : वरिष्ठ अधिवक्ता, डा. चन्द्रकान्त ज्ञवाली (अन्तवार्ता)

गगन थापाकै नेतृत्वमा कांग्रेस नियमित अधिवेशनसम्म जानुपर्छ : महामन्त्री, प्रदीप पौडेल (अन्तवार्ता)

‘पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन’ : प्रधानमन्त्री, सुशिला कार्की (अन्तवार्ता)

गौरीबहादुर आयोगको प्रतिवेदन कार्यान्वयनमा जान्छ : प्रधानमन्त्री, सुशिला कार्की (अन्तर्वार्ता)

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर(अन्तर्वार्ता)

‘निर्वाचनबाट दायाँबायाँ हुने छुट छैन’ : गृहमन्त्री, ओमप्रकाश अर्याल (अन्तवार्ता)

फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योः’ गृहमन्त्री अर्याल(अन्तवार्ता)

निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव (अन्तवार्ता)

‘पाँच वर्षपछि केपी ओली संसदीय र पार्टी राजनीतिबाट घर फर्किनुहुन्छ’ : एमाले उपमहासचिव, योगेश भट्टराई (अन्तवार्ता)