काठमाडौः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले एकसाथ उपनिर्वाचनमा होमिने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ -२ स्थित निवासमा बसेको बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा एकसाथ होमिने निर्णय गरेको हो ।
बैठकमा सभापति देउवा सहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधी र बिजय कुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकले एकता र उत्साहका साथ चुनावी अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले हरियाली नेपाललाई जानकारी दिए ।
बैठकले उपनिर्वाचनको चुनावी तयारीको रणनीति अनुसार शीर्ष नेताहरू सम्बन्धित निर्वाचन क्षेत्र पुग्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताएका छन् ।
प्रवक्ता शर्माका अनुसार शिर्ष नेताहरुको उपस्थितिमा कास्की–२, बाग्लुङ, दाङ र भक्तपुर प्रदेश सभा निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा चुनावीसभा गरिने भएको छ ।
उम्मेदवार छान्ने विषयमा शिर्ष नेतृत्वबिच किचलो पैदा भएपछि बुधबारको बैठक स्थगित भएको थियो ।
