
काठमाण्डौं: एप्पलले आगामी सन् २०२० सम्ममा आइफोन १२ सार्वजनिक गर्ने भएको छ ।
एप्पल आईपोन १२ को विषयमा छलफल तथा परामर्श लिने कार्य गरिरहेको छ । यस अघि ठूलो डिस्प्ले साइजमा आइफोन सार्वजनिक गर्दै आईरहेको आईफोनले चलाउन सजिलो हुने गरी सानो आकारमा ल्याउन लागेको हो ।
फोन एरेनाद्वारा सिर्जना गरिएको आइफोन १२ एप्पलको आघिल्लो आइफोन ४ वा ५ जस्तै सार्पर एजेस समेत हुने सीनेटले जनाएको छ ।
आइफोन १२ मा पछाडि ४ क्यामेरा र ५ जी समर्थनको साथमा १२० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५.८ इन्चबाट घटाएर ५.४ इन्चमा आउने अनुमान गरिएको छ ।
अघिल्लो पटक एप्पलले आइफोन ११ प्रोमा तीन वटा क्यामेरा समावेश गरेको थियो ।