
काठमाण्डौं: प्यालेस्टाईनी इस्लामिक जिहाद समुहका कमाण्डर इजरायली सुरक्षा फौजले गरेको हवाइ कारबाहिमा मारिएका छन् ।
मंगलबार इजरायली फौजलाई लक्षित गरी हतियारधारी जिहाद समुहले रकेट प्रहार गरेपछि सुरक्षा फौजले गरेको जवाफी कारबाहिमा स्लामिक हतियारधारी जिहाद ४२ वर्षीय कमाण्डर बहा अबु अल अट्टागाजा क्षेत्रमा मारिएका हुन् ।
इस्लामिक जिहाद समुहले मंगलबार विज्ञप्ति जारी गर्दै जिहाद समूहका कमाण्डर मारीएको पुष्टि गरेको हो ।
यसअघि भएको ईजरायली आक्रमणमा अल अट्टाकी पत्नीको समेत मृत्यु भएको बताईएको छ ।