सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बैंकिङ सेवा नपुगेका १९ स्थानिय तहमा पुस मसान्त भित्र सेवा पुर्याउन अर्थमन्त्रिको निर्देशन

२०७६ कार्तिक २७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल बैंकिङ सेवा पुर्या्उन अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकलाई निर्देशन दिएका छन् ।

अर्थमन्त्रिले १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुग्न बाँकी रहेको बताउँदै आगामी पुस मसान्तसम्म सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्या्उन निर्देशन दिएका हुन् ।

बुधबार ज्ञानेश्वरस्थित कामना सेवा विकास बैंकको केन्द्रीय कार्यालय उद्घघाटन गर्दै कार्यक्रममा मन्त्री खतिवडाले मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा आर्थिक क्रियाकलाप बढेको हुँदा सबै स्थानीय तहमा बैंकिङ सेवा स्थापना गर्नु तदारुकताका साथ लागि पर्ने बताएका हुन् ।

खतिवडा अर्थमन्त्री हुँदा ७५३ स्थानीय तहमध्ये ३६५ स्थानीय तहमा मात्रै बैंकहरु पुगेको हुँदा ‘आफुले कार्यकाल सुरु गरेको डेढ वर्ष बितिसक्दा लगातारको प्रयासमा हाल आयर करिब १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुर्याुउन बाँकि रहेको बताएका हुन् ।

बैंकिङ सेवा कतिपय दुर्गम तथा सुगम क्षेत्रका प्रदेशहरुमा समेत बाँकि रहेको हुँदा आगामि पुस मसान्तभित्रमा कुनै न कुनै रुपमा बैंकिङ सेवाको पुहँच पुर्याउने अर्थमन्त्रीको भनाई छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सम्पुर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए ।

इमान्दार ढंगले काम नगरे बैंक तथा वित्तीय संस्था र संस्थामा कार्यरत कर्मचारीहरुले समेत कारबाहिको भागिदार हुनु पर्ने चेतावनी दिए ।

डेपुटी गभर्नर शिवाकोटीले बैंक तथा वित्तीय संस्थाहरुमा अनियमितता गर्नेलाई बैकिङ कसुर ऐन अन्तरगत कार्वाही गरिने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चौबिस कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति

सहकारी बैंकको सञ्चालकः छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर