सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बिद्युत महशुल नतिर्ने ग्राहकको लाईन काट्दै प्राधिकरण

२०७६ कार्तिक २७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महशुल नतिर्ने अटेरी ग्राहकहरुको धमाधम लाईन काट्न सुरु गरेको छ ।

लामो समयसम्म पनि विभिन्न माध्यमबाट बाँकी महशुल तिर्न सूचना प्रवाह गर्दा समेत वेवास्ता गर्ने ग्राहकहरुको तिहारपछि तीव्रगतीमा लाईन काट्न सुरुवात गरेको हो ।

गतवर्षको मंसिरबाट नै बक्यौता नतिर्ने ग्राहकको लाईन काट्ने काम भईरहे पनि तिहारपछि दिक्तेल बजारमा मात्रै ४० जना ग्राहकको लाईन काटिएको प्राधिकरण प्रमुख राम दिनेश राय यादवले बताए ।

बाँकी महशुल तिर्न आग्रह गर्दा पनि अटेरी गरेकाले अभियान नै चलाएर लाईन काट्न थालिएको प्रमुख यादवको भनाई छ । बक्यौता नतिर्नेमा दिक्तेलबजार र हलेसी भेगका ग्राहक बढी छन् ।

गत वर्ष कार्तिकसम्म १ करोड चार लाख ४७६ रुपैयाँ बक्यौता उठाउन बाँकी भएपछि लगत्तै प्राधिकरणले मंसिरबाट बक्यौता उठाउन ताकेता थालेको थियो ।

मंसिरबाट थालेको बक्यौता संकलन हालसम्म ५२ लाख ६१ हजार सात सय ९७ रुपैयाँ उठेको छ भने  ५१ लाख ८५ हजार आठ सय ८१ रुपैयाँ उठाउन बाँकी छ । पहिलेजस्तो महशुल तिर्नलाई १/२ दिन धाउनुपर्ने अवस्था छैन । तै पनि ग्राहकहरु महशुल तिर्नमा चासो राख्दैनन् । प्राधिकरण प्रमुख भन्छन्, “त्यसैले विकल्प भनेको लाईन काट्ने हो ।”

प्राधिकरणले दिक्तेल बाहेक हलेसी र खोटाङबजारमा मोवाइल काउण्टर स्थापना गरेर मासिक महशुल बुझ्ने गरेको छ ।

हलेसीमा प्रत्येक महिनाको २८,२९,३० र खोटाङबजारमा महिनाको २३,२४,२५ गते महशुल बुझ्ने गरेका छन् ।

ग्राहकलाई महशुल तिर्न सचेत गराउदै प्राधिकरण अहिले बक्यौता नतिर्ने ग्राहकको लाईन काट्ने, मिटर बक्स रि सिल गर्न, बिग्रिएको मिटर बक्स निःशुल्क फेर्ने र काठेपोल हटाएर फलामे पोल राख्नमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

सुनको मूल्य तोलामा आठ सयले वृद्धि

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चौबिस कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति

सहकारी बैंकको सञ्चालकः छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर