सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यी हुन् नेपालमा बिक्री हुने डबल च्यानल एबीएस भएका बाइक (मूल्यसहित)

२०७६ कार्तिक ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं:  पछिल्लो समय अधिकांश दुइ तथा चार पाँग्रे सवारी उत्पादक कम्पनीले आफ्ना उत्पादनमा एन्टी लक ब्रेकिङ सिस्टम अर्थात एबीएसको फिचर समेटेका छन् । चालकको सुरक्षालाई आधारमान्दै १५० सीसी तथा सो भन्दा बढि सीसी क्षमताका मोटरसाइकलमा एबीएसको विशेषता दिन थालिएको हो ।

मोटरसाइकलमा प्रदान गरिने डबल तथा सिंगल च्यानल एबीएसले सुरक्षाको प्रत्याभुति दिलाउने गर्छ । विशेषत एबीएसले लामो दुरिका यात्रालाई सुरक्षित बनाउँछ ।

यसले चिप्लो, अप्ठेरो सडकमा सहजै ब्रेक लगाउन सहयोग पुर्याउछ । अटोमोबाइल्स कम्पनीले आफ्ना उत्पादनमा प्रदान गर्ने यो फिचर अहिले, अनिवार्य र अत्यावश्यक फिचर भएको छ ।

भारत सरकारले बजारमा बिक्री हुने १५० सीसीभन्दा बढि क्षमताका दुइपाँग्रे सवारी साधनमा एबीएसको विशेषता हुनैपर्ने नीति ल्याएको छ । त्यसोत नेपालमा बिक्री हुने अधिकांश सवारीसाधन भारतबाट आयात हुने हुँदा भारत सरकारले बनाएको नयाँ सवारी सुरक्षा नीति अनुरुपका सवारी नेपालमा पनि आउन थालेका छन् ।

यसैबीच नेपाली बजारमा उपलब्ध डबल च्यानल एबीएसयुक्त बाइकको सूची यस्तो रहेको छ ।

पल्सर एनएस २००

बजाजको चर्चित बाइक एनएस २०० मा डबल च्यानल एबिएसको विशेषता दिइएको छ । युवापुस्ताको विशेष रोजाइमा परेको यो बाइकको मूल्य ३ लाख ३४ हजार ९ सय रहेको छ । पल्सर एनएस २०० मा उपलब्ध फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिनले ९ हजार ७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।

यसको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फर्क र रियरमा निट्रोक्स मनोशक याब्जर्वर लगाइएको छ । यसमा डिजीटल स्पिडोमिटर, एनालग टेकोमिटर, डिजीटल ट्रिपमिटर, ओडोमिटर, हेडलाइट, एलइडी टेललाइट, एक्जुलरी लाइट दिइएको छ ।

यामाहा एफजेड २५

यामाहा एफजेड २५ नेपाली बजारमा २५० सीसी सेग्मेन्टमा सर्वाधिक रुचाइएको मोडल मध्ये एक हो । यो बाइक सुरक्षा, आकर्षक पावरट्रेन, डिजाइन तथा लुक्सका कारण चर्चामा रहँदै आएको छ ।

यो बाइकमा  सिगंल सिलिन्डर एयरकुल्ड एफआई इन्जिन लगाइएको छ । यसले ८ हजार आरपीएममा २०.६ बीएच पावरका साथै ६ हजार आपीएममा २० एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स लगाइएको छ भने वेट मल्टी डिस्क हाइड्रोलिक क्लच दिइएको छ ।

एलइडी लाइट, वाइड टायर, फ्रन्टमा टेलिस्कोपिक फर्क, रियरमा मनोशक सस्पेन्सन, डायमन्ड फ्रेम, डिजिटल स्पिडोमिटर, एलइडी हेडलाइट, एलइडी टेललाइट र अटोमेटिक हेडल्याम्पको विशेषता यसमा दिइएको छ ।

डबल च्यानल एबिएस रहेको यामाहा एफजेड २५ को मूल्य ४ लाख २४ हजार रहेको छ ।

केटीएम डुक २५०

केही समय अगाडि नेपाली बजारमा केटीएम ड्यूक २५० डबल च्यानल एबीएस भर्सन नेपाली बजारमा सार्वजनिक भएको हो । केटीएमको नेपालको लागि आधिकारकि वितरक एचएच बजाजले केटीएम २५० को नयाँ भर्सनमा डबल च्यानल एबीएस दिएको छ ।

यो मोटरसाइकल नन् एबीएस भर्सनमा समेत उपलब्ध रहेको छ । केटीएम नेपालमा प्रिमियम ब्राण्डको रुपमा परिचित रहेको छ । यसमा २४८ सीसी सिगंल सिलिन्डर, लिक्विड कूल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले २९.५८ बीएच पावर ९ हजार आरपीएममा र २४ एनएम टर्क ७ हजार ५ सय आरपीएममा जनेरेट गर्छ ।

नेपाली बजारमा यसको मूल्य ६ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ ।

सुजुकी जिक्सर २५०

डबल च्यानल एबीएसको फिचर समेटिएको सुजुकी जिक्सर २५० को मूल्य ४ लाख ६१ हजार ९ सय रुपैयाँ रहेको छ । जिक्सरमा उपलब्ध सिंगल सिलिन्डर लिक्वीड कुल्ड युनिटले २६.५ बीएचपी पावर उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।

यसमा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फ्रन्टमा कन्भेक्शनल टेलिस्कोपिक फर्क, रियरमा मनोसक दिएको छ । आकर्षक चेसिससँगै फुल फेयरिंग फिचर दिइएको मोटरसाइकलमा स्प्लिट सिट, फ्याट रियर टायर, क्लिप अन ह्यान्डबार लगाइएको छ ।

बजाज डोमिनार ४००

डबल च्यानल एबिएसको फिचरयूक्त बजाज डोमिनार ४०० नेपाली बजारमा रहेको अर्को मोटरसाइकल हो । कम्पनीले यसअघि बिक्रि गर्दै आएको डोमिनार ४०० मा लिक्वस्ड कुल्ड एफआई इञ्जिन रहेको छ । यसले ८ हजार आरपिएममा ३४।५ बिएच पावरका साथै ५६ सय आरपिएममा ३५ एनएम टर्क उत्पादन गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स र स्लीपर क्लच राखिएको छ  ।

प्रतिघन्टा १४८ किलोमिटरको टपस्पिडमा कुद्न सक्ने डोमिनार ४०० ले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केबल ८.२३ सेकेण्डमा नै तय गर्न सक्छ । नेपाली बजारमा पुनः सार्वजनिक हुने तयारीमा रहेको डोमिनार ४०० पुरानो भर्सनको मूल्य ५ लाख ८९ हजार रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एउटै फेसबुक अकाउन्टबाट चारवटा प्रोफाइल बनाउन मिल्ने फिचर सार्वजनिक

आज प्रेस काउन्सिलको काम कारबाही बन्द हुने

नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक, कति पर्छ मूल्य ?

बेकोको दसैँ तिहार योजना सार्वजनिक

डिशहोमले ल्यायो ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’

रियलमीले ठमेलको छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्ने

आइएमईले घोषणा गर्योः ‘आइएमई गरौँ, करोडपति बनौँ’

बैतडीसहित सुदूर पहाडमा फोन र इन्टरनेट सेवा अवरुद्ध

टेलिकमको चाडपर्व अफरः ७८९ रुपैंयामा ३० जीबी डेटा, ६०० मिनेट भ्वाइस र २०० ओटा एसएमएस सुविधा

टिसीएलले ल्यायो चाडपर्व लक्षित ‘सेलिब्रेट ग्रेटनेस’ योजना

कनेक्ट आईपीएसले ल्यायो ‘रिफर अ फ्रेन्ड’ अफर

टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक