सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रम स्वीकृति लिनेलाई खुशिको खबर ? मंसिरदेखि पासपोर्टमा स्टिकरको टास्न नपर्ने, ‘ई-स्टिकर’ पाइने

२०७६ कार्तिक ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: वैदेशिक रोजगार विभागले  पासपोर्टमा टाँस्ने स्टिकरको सट्टा ई-स्टिकर दिन सुरुवात गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिँदा पासपोर्टमा भौतिक ‘स्टिकर’को सट्टा ई-स्टिकर दिन लागिएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए ।

यसबाट दलालहरुले नक्कली स्टिकर बनाएर भारतको बाटो सोझासाझा व्यक्तिलाई विदेश पुर्‍याउने क्रम निरुत्साहित गर्न त्यसो गर्न लागिएको भुसालले बताए ।

अब श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरुले आफ्नो मोबाइल नम्बर सही भर्नुपर्ने र इमेल ठेगाना तथा पासवर्ड याद गर्नुपर्ने उनको भनाइ छ ।

ई-स्टिकरबाट पासपोर्ट फोहोर पनि नहुने भएको छ । अहिले श्रम इजाजतका स्टिकरले कामदरको पासपोर्ट फोहोर हुने गरेकोले नयाँ व्यवस्था गरिएको उनले बताए ।

नयाँ नियम मंसिर पहिलो साताबाट लागू गर्ने गरि बिभागले काम अघि बढाएको बिभागको दावी छ ।

अब कामदारले जतिबेला चाह्यो, उतिबेला नै आफ्नो इमेलबाट स्टिकरको प्रिन्ट निकाल्न सक्ने व्यवस्था गरिएको भुसालले बताए ।

श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि आफ्नै मोबाइलमा श्रम स्वीकृतिको जानकारी र इमेलमा श्रम स्वीकृतिको स्टिकर आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

विकासका लागि निजी क्षेत्रको पुँजी आवश्यक छः अर्थमन्त्री वाग्ले

अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै