सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रम स्वीकृति लिनेलाई खुशिको खबर ? मंसिरदेखि पासपोर्टमा स्टिकरको टास्न नपर्ने, ‘ई-स्टिकर’ पाइने

२०७६ कार्तिक ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: वैदेशिक रोजगार विभागले  पासपोर्टमा टाँस्ने स्टिकरको सट्टा ई-स्टिकर दिन सुरुवात गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिँदा पासपोर्टमा भौतिक ‘स्टिकर’को सट्टा ई-स्टिकर दिन लागिएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए ।

यसबाट दलालहरुले नक्कली स्टिकर बनाएर भारतको बाटो सोझासाझा व्यक्तिलाई विदेश पुर्‍याउने क्रम निरुत्साहित गर्न त्यसो गर्न लागिएको भुसालले बताए ।

अब श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरुले आफ्नो मोबाइल नम्बर सही भर्नुपर्ने र इमेल ठेगाना तथा पासवर्ड याद गर्नुपर्ने उनको भनाइ छ ।

ई-स्टिकरबाट पासपोर्ट फोहोर पनि नहुने भएको छ । अहिले श्रम इजाजतका स्टिकरले कामदरको पासपोर्ट फोहोर हुने गरेकोले नयाँ व्यवस्था गरिएको उनले बताए ।

नयाँ नियम मंसिर पहिलो साताबाट लागू गर्ने गरि बिभागले काम अघि बढाएको बिभागको दावी छ ।

अब कामदारले जतिबेला चाह्यो, उतिबेला नै आफ्नो इमेलबाट स्टिकरको प्रिन्ट निकाल्न सक्ने व्यवस्था गरिएको भुसालले बताए ।

श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि आफ्नै मोबाइलमा श्रम स्वीकृतिको जानकारी र इमेलमा श्रम स्वीकृतिको स्टिकर आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा

सुनचाँदीको मुल्यमा भारी गिरावट, आजको मूल्य कति ?

आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैया बढी

नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

सुनचाँदीको मूल्य स्थिर

नेप्सेमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु

स्ट्रबेरी प्रतिकेजी ८०० मा कारोबार, यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य

नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड असोज १० गते

कति पुग्यो आज विदेशी मुद्राको विनिमय दर ?

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह