
काठमाण्डौ: लघुवित्त वित्तीय संस्था छिमेकले आफ्ना सेयरधनीलाई २७.११ प्रतिशत बोनस सेयर दिने भएको छ।
संस्थाका वरिष्ठ विभागीय प्रमुख दिपक पाण्डेका अनुसार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त रकम बराबरको बोनस सेयर दिने जनाएको हो।
गएको आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोडको २७.११ प्रतिशतले हुन आउने ३२ करोडको बोनस सेयर र उक्त चुक्ता पुँजीको १७.२१ प्रतिशत अर्थात् २० करोड ३१ लाखको नगद लाभांश दिने संस्थाले जनाएको छ।
मंगलबार आव ०७५/७६ को वार्षिक वित्तीय विवरण प्रकाशन गर्न राष्ट्र बैंकले संस्थालाई स्वीकृति दिएको छ। सो वितरित रकम र बोनस सेयर कर समेतमा रहेको छ ।