
काठमाण्डौं: शाओमीले रेडमी नोट सिरिजको नेट ८ र नोट ८ प्रो स्मार्टफोन सार्वजनिक गरेको छ।
बुधबार शाओमिको आधिकारीक मोवाईलको बिक्रेत ग्लोबल टेक्नोलोजी लिडरले नोट सिरिजका २ स्मार्टपोन सार्बजनिक गरेको हो ऽ
रेडमी नोट ८ प्रो – ६४ एमपी क्वाड क्यामेरा, शक्तिशाली ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएको रेडमी नोट ८ प्रो एक सर्वोत्कृष्ट फोन हो।
यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ।
अक्टा–कोर हेलियो जि९०टी मोबाइल प्लायटफर्मले गेमिङ क्षमता ल्याएको छ।
कम्पनिले रेडमी नोट सिरिजमा पहिलो पटक ४ क्यामेरा सहितको स्मार्टफोन बजारमा ल्याएको हो ।
शाओमी नोट ८
रेडमि नोट ८ स्मार्टफोनमा ४८ मेगापिक्सलको क्वाड क्यामेरा राखिएको छ । ६.३ इन्च डट नोच डिस्प्लेको र औरा फ्लुइड डिजाइनले सुसज्जित रेडमी नोट ८ मा अविश्वसनीय इमर्सिभ एफएचडी प्लस भिज्योल अनुभव प्रदान गर्दछ। कर्निङ गोरिला ग्लास ५ को प्रयोग गरिएको छ जसले स्मार्टफोनको अगाडि र पछाडिको भागलाईसामान्य गिरावटबाट जोगाउँछ।
रेडमी नोट ८ मा १३ एमपीको सेल्फी क्यामेरा राखिएको छ भने क्वालकम स्न्यापड्रेगन ६६५ प्रोसेसर ४००० एमएएच ब्याट्री र आउट अफ बक्स टाइप सी १८ वाट्ट चार्जिङ सिस्टममा उपलब्ध गर्न सकिन्छ ।
रेडमी नोट ८ बिभिन्न २ स्टवरेज क्षमतामा उपलब्ध छन् । ६ जीबी ६४ जीबी र ६ जीबी १२८ जीबी स्टोरेज भेरियन्टमा पाईने यो मोवाईलको मुल्य नेपाली बजारमा क्रमश रु १८,९९९ र रु २३,९९९ मा उपलब्ध हुनेछ जसमा मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लु कलर भेरियण्टमा उपलब्ध हुने शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी बताए ।
शाओमी रेडमी नोट ८ प्रो
फोटो र भिडियोका लागि शाओमिले बजारमा ल्यायको यो स्मार्टफोनमा ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एङगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स राखीएको छ । गाम्मा ग्रिन कलर र डुअल कोर्निङ गोरिला ग्लास ५ भएको रेडमी नोट ८ प्रो मा ६.५३ को डट नोच डिस्प्ले जडान गरिएको छ।
४५०० एमएएच ब्याट्री क्षमता रहेको यो स्मार्टफोनमा १८ वाट्ट फास्ट चार्जिङको सुविधा पनि रहेको छ।
रेडमी नोट ८ प्रो ६ जीबी ६४ जीबी, ६ जीबी १२८ जीबी र ८ जीबी १२८ जीबी स्टोरेज भेरियन्टमा रु २६,९९९, रु २९,९९९ र रु ३२,९९९ मुल्यमा गामा ग्रिन, हलो ह्वाइट र स्याडो ब्ल्याक कलर भेरीयण्टमा उपलब्ध छन् ।
बुधबारदेखी दुवै स्मार्टफोनहरु सम्पूर्ण एमआईका अधिकृत पार्टनर, दराज सस्तो डिलरहरुमामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।