सदाबहार खबरको रफ्तार ....
श्रावण ३, २०८१ बिहिबार
July 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रीलंकालि राष्ट्रपति गोटाबायाले आफ्नै दाई महिन्दा राजापाक्षेलाई गरे प्रधानमन्त्रीमा नियुक्त

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई बिहीबार नै सपथग्रहण गराउने अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएका राजापक्षे यसअघि झण्डै दश बर्ष देशको राष्ट्रपति बनेका थिए। सन् २००५ देखि २०१५ सम्म उनले राष्ट्रपतिको रुपमा श्रीलङ्कामा शासन गरेका थिए।

यसअघि बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामाको घोषणा गरेका थिए।

नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन उनले राजिनामा दिएका हुन् ।

राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वा्चित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको समाचारमा जनाइएको छ ।

विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले आफ्नै दाई महिन्दालाई प्रधानमन्त्री बनाएका हुन् ।

महिन्दा नेतृत्वको नयाँ सरकारको मन्त्रीमण्डल सानो आकारको हुने जनाइएको छ ।

सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

क्रिमियामा ३३ युक्रेनी ड्रोन र १० सैनिक ड्रोन खसालेको रुसको दाबी

गाजा सङ्कटको राजनीतिक समाधानमा ध्यान केन्द्रित गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

युक्रेनलाई दिने सैन्य सहायता कटौती गर्ने तयारीमा जर्मनी

मलेसियामा १६२ नेपाली अलपत्र, न काम न दाम

दुबईकी राजकुमारीको डिभोर्स

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

चिनियाँ युवा बेरोजगारी दरमा सुधार : तथ्याङ्क ब्यूरो

ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता

बंगलादेशमा आरक्षण कोटाको विरोध प्रदर्शनमा ६ विद्यार्थीको मृत्यु

रुससँगको सम्बन्धलाई उपयोग गर्दै युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह

उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि