सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हङकङमा डेमोक्रेटिक पक्षको विजयी

२०७६ मंग्सिर ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: हङकङमा आइतबार भएको जिल्ला परिषदको चुनावमा प्रो डेमोक्रेशी पक्षले ठूलो मात्रामा जित हासिल गरेको छ।

सोमबार बिहान ९ बजेसम्मको मत परिणामअनुसार प्रो डेमोक्रेशी पक्ष १८ मध्ये १७ जिल्लामा विजयी भएको छ।

ती जिल्लाहरूमा यसअघिका चुनावमा सरकार समर्थक पार्टी विजयी भएका थिए ।

सोमबार बिहान साढे १० बजेसम्मको मत परिणाम अनुसार १८ जिल्ला परिषदका ४५२ सिटमध्ये डेमोक्रेटिक पक्ष ३९६ सिटमा विजयी भएको छ भने सरकार समर्थक पार्टीका ५९ उम्मेदवार विजयी भएका छन्।

प्रो डेमोक्रेशी पक्ष हङकङको विपक्षी राजनीतिक धार हो, जसले ६ महिनादेखि चलेको हङकङको आन्दोलनमा समर्थन र सहभागिता जनाउँदै आएको थियो।
चुनावी परिणामले सरकार रक्षात्मक देखिएको छ भने सरकार विरोधी आन्दोलनकारीले आफ्ना मागहरू जनताले अनुमोदन गरेको रुपमा लिएका छन्।

हङकङको आन्दोलनमा युवाहरूको सहभागिता अत्याधिक थियो, जुन सहभागिता निर्वाचनमा पनि देखिएको छ। पहिलो पटक मतदान गर्ने युवाहरूले सरकारको विपक्षमा लोकतान्त्रिक पक्षलाई मतदान गरेको पाइएको छ।

लोकतान्त्रिक पक्षका अधिकांश नयाँ युवा उम्मेदवार जसमध्ये धेरै ६ महिनादेखि चलेको सरकार विरोधी आन्दोलनमा संलग्न भएका थिए, उनीहरू विजयी भएका छन्।
सरकार समर्थक पार्टीहरूले ५९ सिटमा मात्र जित हासिल गर्दा सरकार रक्षात्मक बनेको छ।

यो चुनावी नतिजाले हङकङको प्रमुख कार्यकारी निर्वाचित गर्ने चुनाव समितिमा प्रो डेमोक्रेशी धारको बाहुल्यता बढ्ने छ, जसले आगामी प्रमुख कार्यकारीको चुनावमा प्रभाव पार्ने ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर