काठमाण्डौः प्रमुख प्रतिपक्षी दल काँग्रेसले उपनिर्वाचनको नतिजा आफ्नो पोल्टामा पार्ने गरी चुनावी प्रचार-प्रसारलाई तीब्र बनाएको छ ।
उपनिर्वाचन हुने ३७ वटै जिल्लामा केन्द्रिय प्रतिनिधी पठाएर उसले सत्तारूढ प्रमुख दललाइ पछि पारेको हो ।
उपनिर्वाचन हुने हरेक क्षेत्रमा सो पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू सकृय भएर लागि परेका छन् ।
विभिन्न चारवटा समुहमा विभाजित भएको काँग्रेस उपनिर्वाचनको पूर्वसन्ध्यामा एक भएको सन्देश कार्यकर्ता सामु पुर्याउने कोशिस गरेको छ ।
चुनावी सभामा सबै शिर्ष नेताहरू एउटै मञ्चमा देखिएका छन् । पार्टी सभापति देउवाको अभिब्यक्तिलाइ लिएर बेलाबेलामा राष्ट्रिय राजनिति नै तरङ्गित हुने गरेपनि उनिहरूले चुनावी समयमा आएर पार्टी एक ढिक्का भएको सन्देश दिनेगरी प्रचार प्रसार गरिरहेका छन् ।
काँग्रेसले विभिन्न चुनावी सभाहरूमा सरकार र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कमजोरी केलाउँदै भोट माग्न व्यस्त छन् ।
प्रतिष्ठाको लडाइँको रूपमा हेरिएको उपनिर्वाचनमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।
काँग्रेसले उपनिर्वाचन हुने क्षेत्रमा चुनाव प्रचार-प्रसारमा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुनै परिचालन भएका छन् ।
निर्वाचनको प्रचार–प्रसारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालभन्दा काँग्रेस सभापति शेरबहादुर देउवा सक्रिय देखिएका छन् । नेकपा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको कारण चुनावी सभाहरूमा जान सकेका छैनन् ।
कार्यकारी अधिकार पाएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही सिमित स्थानहरूमा मात्र चुनावी सभाहरूमा भाग लिएका छन् । हालसम्म सबै चुनावी सभाहरूमा सत्तारूढ नेकपालाए काँग्रेसले उछिनेका छन् ।
शनिबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, डा. शेखर कोइराला, डा. रामशरण महत, डा.मिनेन्द्र रिजाल, कास्की–२ पुगेर आफ्ना उम्मेदवारका लागि भोट माग्न गाँउगाँउमा पुगेका छन् ।
पूर्वमहामन्त्री कृष्ण सिटौलाले पनि भक्तपुरको चुनावी प्रचार कार्यक्रमा सहभागी भएका छन् । त्यसैगरी प्रवक्ता विश्वप्रकाश शर्मा झापा, चितवन, धरान, महोत्तरी, पोखरा पुगेर चुनावी अभियानमा खटिएका छन् ।
उपनिर्वाचनको मितिसम्म कांग्रेसले प्रत्येक दिन सरकारलाई प्रतिनिधिमूलक पाँच प्रश्न सोध्ने अभियान पनि चलाएको छ ।
नेकपा अध्यक्ष दाहाल कास्की–२ मा विद्या भट्टराईको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी भएका थिए । नेकपाका स्थायी र केन्द्रीय कमिटि सदस्यहरू प्रचारमा होमिएका छन् ।
