काठमाण्डौं: मोटरसाईकल उत्पादन कम्पनी यमाहाले नेपालमा मोटरसाइकल र स्कुटरको मूल्यमा बृद्धि गरेको छ ।
कम्पनीले नेपालमा चलिरहेका विभिन्न १९ मोडलका मोटरुसाईकल तथा स्कुटरको मूल्य बढाएको हो । कम्पनिले यामाहाका सबै मोडलहरुमा कम्तिमा पाँच हजार मूल्य बढाएको जनाएको छ ।
यामाहा कम्पनीको सबैभन्दा सस्तो बाइकको यामाहा सलुटो ड्रमको मूल्य बढेर २ लाख ३ हजार ९ सय पुगेको छ । कम्पनीले बिक्री गर्दै आएको रे–जेड, फेसिनो युबीएस, जेड आर स्ट्रिट, जेड आर डिस्क र स्ट्रिट र्याली स्कुटरको मूल्यमा पनि पाँच हजारले बृद्धी गरेको छ ।
मोटरसाईकल निर्माता कम्पनि यामाहाले सुरक्षा फिचर सिबीएस वा यूबीएसका कारण १२५ सीसीसम्मका मोटरसाइकलहरुमा ५ हजार सम्मले बृद्धि गरायको जनाएको छ ।
