काठमाण्डौ: प्रतिनिधि सभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।
कास्कीको क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि ३२ मतदानस्थलमा ८२ केन्द्र रहेको छ ।
गत बर्ष पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घट्नामा निधन भएपछि उपनिर्वाचन भएको हो ।
कास्कीको चुनावी मैदानमा प्रमुख दुई दलका ११ र स्वतन्त्र गरी २१ जना उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन् ।
उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले गस्ती गरेका छन् । सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको छ ।
यस निर्वाचन क्षेत्रमा कुल ७१ हजार ८ सय ७१ मतदाता रहेका छन् ।
