काठमाण्डौं: अफ्रिकी महादेशको राजधानी ट्यूनिसियामा पर्यटक बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।
आईतबार ट्यूनिसियाको हिमाली ऐन स्नाउसी क्षेत्रमा करिब ४५ जना आन्तरिक पर्यटक बोकेर गएको बस सडकबाट चिप्लिएर खोलामा खस्दा २२ जनाको मृत्यु हुनुको साथै करिब दुई दर्जन व्यक्ति घाइते भएको ट्यूनिसियाको गृह मन्त्रालयले जनाएको छ ।
देशको हिमाली क्षेत्रमा भएको उक्त दुर्घटनामा घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने स्थानीय अस्पताल स्रोतले बताएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
