काठमाण्डौ: रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले ‘साझा भुइँयात्रा’ अभियान चलाउने भएको छ ।
भर्खरै सम्पन्न उपनिर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको साझाले यस्तो धारणा अघि सारेको हो ।
आफ्ना गल्ती-कमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्न हामी कटिबद्ध छौँ’, सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै साझाले पार्टीले गाउँ-टोलमा ठूला दलसँगको आवद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम रहेको बताउँदै
साझाले प्रतिकूलताका बाबजुद आफूलाई मत दिनेहरुप्रति आभार व्यक्त गरेको छ ।
सारा प्रतिकूलताका बाबजुद हामीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टी हार्दिक आभार प्रकट गर्दछ विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै, ‘मत’ नबदले पनि ‘मन’ बदलेर हामीप्रति आशा र भरोसा राख्ने ठूलो जमातले हाम्रो गतिविधिलाई नजिकबाट नियालिरहेको हामीले महसुस गरेका छौँ’, उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
