काठमाण्डौः मेक्सिकोको उत्तरपूर्वी मेक्सिकोको टेक्सास सिमाना नजिक सडक संदिग्ध लागूऔषध तस्करहरू र सुरक्षाबलहरूबीचको भिडन्तमा २१ व्यक्तिको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूका अनुसार १ घण्टासम्म गोलाबारी चलिरहेको थियो । टेक्सास सीमानामा अवस्थित कोहिला सरकारले आइतवार यो जानकारी दिएको हो ।
यद्यपि अधिकारीहरूले यस अघि गोलीबारीमा १६ व्यक्तिको मृत्यु भएको बताएका थिए । मारिएकामा १ संदिग्ध लागूऔषध तस्करहरू छन् जसमा चार प्रहरी अधिकारी, दुई आम नागरिक समेत रहेका छन् ।
पछिल्लो महिना, उत्तरी मेक्सिकोमा नौ अमेरिकी चर्च अधिकारी मारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा
कार्टेलहरूलाई आतंकवादी घोषणा गर्ने बताउदै आएका थिए । यस घटना पछि, हजारौं मानिसहरूले राजधानी मेक्सिको सिटी सडकमा प्रदर्शन गरिरहेका छन् ।
