सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नाडा अटोले इलेक्ट्रीक कार दिगो इ ८ अब बजारमा ल्याउने 

२०७६ मंग्सिर १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: नेपालमा आधिकारिक बिक्रेता भैसकेको दिगो ग्रुपले एकपछि अर्को इलेक्ट्रीक कार नेपाल भित्र्याउने क्रममा जारी नै छ ।

केही समय अगाडिमात्रै दुई ब्याट्री अप्सनमा उपलब्ध ‘दाय इभी’ ल्याएको यो ग्रुपले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको ‘दिगो इ ८’ अब भने बिक्री सुरु गर्ने भएको छ । नेपाली बजारमा यो कार १८ लाख ९५ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ ।

यो कारलाई ७.५ किलोवाटको एसी मोटरसंगै १४.६ किलोवाटको लिथियम आयन फोस्फोरसले पावरट्रेन प्रदान गर्छ । यसले अधिकतम १५० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिघन्टा ६० देखि ७० किलोमिटरको टपस्पिड क्षमता भएको यो कारले सिंगल फुल चार्जमा २ सय किलोमिटरको रेन्ज प्रदान गर्छ ।

डायमेन्सनको कुरा गर्दा यसको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ भने, लम्बाई ३६१० एमएम, चौडाई १५७० एमएम र उचाई १४९० एमएम रहेको छ । २३४५ एमएम ह्वीलवेश भएको यो कारमा पाँच जना प्यासेन्जर अट्न सक्नेछन् ।

स्टान्र्डड र इकोनमिकल ड्राइभिङ अप्सन भएको दिगो इ ८ मा ब्रेकिङ ओरभिएम, हिल असिस्ट कन्ट्रोल, रिजेनेरिटीभ ब्रेकिङ सिस्टम, पावर विन्डो, एसी भेन्ट, हिटर ब्याट्री म्यानेजमेन्ट सिस्टम, फग ल्याम्प, एबीएस, इबीडी जस्ता विभिन्न सुविधा दिइएको छ ।

आकर्षक सुरक्षा फिचर भएको यो कारमा मल्टी मिडिया टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्ल्युटुथ कनेक्टीभिटी लगायतका आधुनिक फिचर समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने