काठमाण्डौ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा धुम्बाराहि स्थित पार्टी केन्द्रिय कार्यालयमा शुरू भएको हो ।
बुधबार बिहान साँढे नौ बजेदेखी शुरू भएको बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समिक्षा, पछिल्लो समसामयिक राजनैतिक लगायतका बिषयमा छलफल हुने कार्यसूची रहेको बताइएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेताहरू माधव कुमार नेपाल, वामदेव गौतम, उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्रेल, महासचिव बिष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, लगायतको उपस्थिति रहेको छ ।
