सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भारतमा विवादास्पद नागरिकता विधेयक स्वीकृतः मुस्लिमलाई निशाना बनाएको विपक्षीको आरोप

२०७६ मंग्सिर १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः भारतको संघीय मन्त्रिपरिषदले बुधबार विवादास्पद नागरिकता (संशोधन) विधेयक विपक्षी दलको विरोधका बिच स्वीकृत गरेको छ ।

उक्त विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ ।

रक्षामन्त्री राजनाथ सिंहले अघिल्लो दिन संसद्मा सम्बोधन गर्ने क्रममा सो विधेयक सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका थिए । विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैरमुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।

विधेयकमा वैधानिक कागजातविना भारत बसोवास गरेका वा भ्रमण सम्बन्धी कागजातको वैधानिकता समाप्त भएपछि पनि भारतमा बसिरहेका हिन्दू, क्रिस्चियन, सिख, जैन र पर्सिसलाई भारतीय नागरिकता दिने प्रावधान रहेको छ ।

भारतीय राष्ट्रिय कंग्रेस समेतका विपक्षीदलले सो विधेयकको विरोध गरेका छन् । विधेयकले मुस्लिमलाई निशाना बनाएको उनीहरूले आरोप लगाएका छन् । धर्मका आधारमा नागरिकता प्रदान गर्न भारतीय संविधानले नै रोकेको उनीहरूको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर