सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पेन्सन सुधारको बिरोधमा फ्रान्समा सबै तहका कर्मचारीद्धारा हड्ताल

२०७६ मंग्सिर २१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: पेन्सन सुधारको विरोधमा फ्रान्सको देशभर जनजीवन प्रभावित भएको छ ।

त्यहाँस्थित स्कुल, सरकारी कार्यालयको काम प्रभावित भएको छ भने यातायात सेवापनि ठप्प रहेको छ ।

प्रहरीले हालसम्म राजधानी पेरिसमा ८७ जनालाई हिरासतमा लिइएको र अन्य धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छ्न् ।

फ्रान्सका कामकाजी वर्ग पेन्सन योजनामा प्रस्तावित सुधारबाट रुष्ट छन् । नयाँ प्रस्तावमा अवकासको उमेर बढाउने प्रस्ताव छ । तोकिएको समय भन्दा अगावै अवकास हुनेले कम रकम पाउने ब्यवस्था छ ।

सो विरोधमा शिक्षक, यातायातका कर्मचारीसँगसँगै प्रहरी, वकिल, अस्पतालका कर्मचारी, हवाई अड्डाका कर्मचारी र अन्य कामकाजी मानिसहरु सहभागी रहेका छ्न् ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले एक ‘युनिभर्सल प्वाइन्ट बेस्ड पेन्सन प्रणाली’ शुरु गर्न चाहान्छन् ।

तर उनको उद्देश्य फ्रान्सको मौजुदा पेन्सन स्किम लागू गर्ने हो । फ्रान्समा निजी र सार्वजनिक क्षेत्रका कर्मचारीका लागि ४२ अलग-अलग पेन्सन स्किम लागु छ । अवकासको उमेर हद र उनीहरुले पाउने सेवा सुविधा फरक-फरक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर