काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले मंसिर २७ गते सचिवालय र २९ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुइ दिनको फरकमा सचिवालय र स्थायी कमिटिको बैठक बस्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उप-निर्वाचनको प्रतिवेदन पार्टी केन्द्रीय कार्यलयमा बुझाउन तल्ला तहका कमिटीलाइ थप ५ दिनको समयावधी दिने निर्णय गरेको बताए ।
त्यस्तै बैठकले केन्द्रीय विभाग र आयोगहरुलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न प्रमुख र उपप्रमुखहरुलाई निर्देशन समेत दिएको छ ।
बैठकमा उपचुनावको समिक्षा भएको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले कर्णाली प्रदेश कमिटि सचिव माया प्रसाद शर्माको राजीनामा अस्विकृत गरि काममा फर्कन आग्रह गर्ने निर्णय गरेको सुनाए ।
सोमबार बसेको बैठकमा बरिष्ट नेताद्धय झलनाथ खनाल र माधब कुमार नेपाल, नेताहरू वामदेब गौतम, उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा (बादल), महासचिव बिष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेण्ठको उपस्थिति रहेको थियो ।
