सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

काँग्रेस शिर्ष नेताहरुको अनौपचारिक बैठक बुढानिलकण्ठमा शुरु

२०७६ मंग्सिर २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवाले भातृसंगठन लगायतका रिक्त विभागमा नेतृत्व चयनकालागी पार्टभित्र सहमती जुटाउने प्रयास शुरु गरेका छन् ।

केन्द्रीय समितिको बैठक बस्नु अघिल्लो दिन सभापति देउवा निवाश बुढानिलकण्ठमा पार्टीका शिर्ष नेताहरुको अनौपचारिक बैठक शुरु गरेका हुन्।

पछिको सबैभन्दा शक्तिशाली भातृ संगठन नेविसंघको अध्यक्ष कसलाई बनाउँदा उपर्युक्त हुन्छ तथा तरुण दल तथा प्रेस युनियनको म्याद थप तथा आगामी नयाँ नेतृत्वको लागी महाधिवेशनको मिति तय गर्ने बिषयमा शिर्ष तहमा सहमति जुटाउन अनौपचारीक छलफल शुरु गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति देउवाले विगठित नेपाल विद्यार्थी संघको राष्ट्रिय अधिवेशनका लागि एक बर्षको समयसीमा दिँदै संयोजकका लागि राजीव ढुंगानाको नाम अगाडि सार्ने योजनामा रहेका छन् ।

यो सँगै राजिवको नेविसंघ अध्यक्ष हुने पक्कापक्की भएको छ । नेविसंघको अध्यक्षमा प्रस्तावित ढुंगाना नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि निकटका मानिन्छन् । स्रोतको अनुसार ढुंगाना अर्का उपसभापति विजयकुमार गच्छदार निकट पनि मानिन्छन् ।

त्यसका लागि सभापति देउवाले आफनै निवाशमा नेताहरुलाई बोलाएका हुन् । बैठकमा केन्द्रीय समितिको एजेण्डाको विषयमा छलफल हुनेछ ।

बैठकमा सभापति शेर बहादुर देउवा, उपसभापती बिमलेन्द्र निधि, प्रबक्ता बिश्वप्रकाश शर्मा, गोपालमान श्रेष्ठ, डा. प्रकाश शरण महत, डा.रामशरण महत डेढ दर्जन शिर्ष नेताहरुको उपस्थिती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव