काठमाण्डौ: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।
शुक्रबार बोलाइएको नेकपा बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिर २९ देखि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रतिवेदन बनाउदैमा व्यस्त भएकोले सचिवालय बैठक स्थगित भएको प्रचण्डका प्रेस सहयोगी बिष्णु सापकोटा जुगलले बताएका हुन् ।
स्रोतका अनुसार प्रचण्डले उपाध्यक्ष पद थप्ने गरी विधान संशोधनको प्रस्ताव ल्याउन लागेको बताइएको छ।
सो बैठक १ वर्षपछि बस्न लागेकोले स्थायी समिति बैठकमा पार्टी विधान संशोधनको प्रस्ताव राख्ने तयारी भएको बताइएको छ ।
