काठमाण्डौ: डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना केन्द्रिय समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।
सिके राउतको अध्यक्षतामा मंसिर २७ र २८ गते पर्साको विन्ध्यवासिनीमा सम्पन्न केन्द्रीय समिति बैठकले गरेका विभिन्न १९ वटा निर्णयहरू सार्वजनिक गरेको हो ।
बैठकले विगत तीन महिनाको कार्य-प्रगतिको मूल्याङ्कन एवम् समीक्षा गरी यावत विषयमा रहि कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेकोमा पार्टीका नेता, कार्यकर्ता, स्वयंसेवक, शुभचिन्तकलाई धन्यवाद ब्यक्त गरेको छ ।
उक्त पार्टीले आइतबार बिज्ञप्ति मार्फत केन्द्रीय समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको जनाएको छ ।
यी हुन् केन्द्रीय समिति बैठकले गरेका निर्णयहरू:






