सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सिमा अतिक्रमणको बिरोधमा कालापानी जाऔं अभियान चलाँउदै मोहन वैद्यको (क्रान्तिकारी माओवादी)

२०७६ मंग्सिर ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: नेकपा (क्रान्तिकारी माओवादी)ले भारतले जारी गरेको नयाँ नक्साको विरोधमा कालापानी जाऔं अभियान सुरु गर्ने भएको छ ।

क्रान्तिकारी माओवादीको तीन दिनसम्म (मंसिर २६-२९ गतेसम्म) बसेको केन्द्रीय समिति बैठकले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपाली भूमि समेटिएको भन्दै त्यसको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।

पार्टी अध्यक्ष मोहन वैद्य किरणद्वारा जारी बिज्ञप्तिमा आन्दोलनको तेस्रो चरणमा पार्टीको मोर्चा संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा र अन्य जनवर्गीय मोर्चाको पहलमा कालापानी जाऔं अभियान चलाउने उल्लेख गरिएको छ ।

पुस महिनामा पार्टीका जनवर्गीय मोर्चाको बैठक बस्ने, विभिन्न पक्षसँग कार्यगत एकताका लागि छलफल चलाउने र देशका प्रमुख शहरमा विरोध प्रदर्शन गर्ने (क्रान्तिकारी माओवादी)ले निर्णय गरेको छ, जुन आन्दोलनको पहिलो चरणमा पर्दछ ।

त्यस्तै दोस्रो चरणमा भने माघदेखि देशब्यापी रुपमा पार्टी, संयुक्त मोर्चा, जनवर्गीय मोर्चाको संयुक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोही बैठकले विकसित देश संयुक्त राज्य अमेरिकाबाट हुने अनियन्त्रित हरित ग्याँस उत्सर्जनका कारण विश्वभर पैदा भएको वातावरणीय असन्तुलन र त्यसले निम्त्याउने खतराबारे जनतालाई सचेत गराउने र त्यसका विरुद्ध आवाज उठाउने निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव