काठमाण्डौ: फ्रान्सको एक कम्पनीले गूगलमाथि जरीवाना लगाउने निर्णय गरेको छ ।
एकाधिकार विरोधी नियामक फ्रान्सेलि कम्पनीले अमेरिकी कम्पनी अल्फाबेटको सर्च इन्जिन गूगलमाथि १५ करोड यूरो जरीवाना लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छ्न ।
सो कम्पनीले गूगलले विज्ञापनदातालाई शक्तिको दुरुपयोग गर्दै पक्षपात गर्ने गरेको नियामकले ठहर गरेको हो । जसमा गूगलले एउटा नियम बनाएपछि त्यसलाई आफ्नो अनुकूल परिवर्तन गर्ने गरेको बताइएको छ ।
उता गूगलले भने फ्रान्सको यो निर्णयविरुद्ध पुनरवलोकनका लागि निवेदन दिने बताएको छ । फ्रान्समा गूगलमाथि यस विषयमा चार वर्ष अनुसन्धान गरिएको थियो ।
अनुसन्धानको क्रममा प्रतिस्पर्धीको गूगल एड अकाउन्ट विना कुनै सूचना बन्द गर्ने गरिएको पाइएको बताइएको छ ।
