काठमाण्डौं: नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पुस १२ गते शनिबार ‘सुपर स्याटरडे’ को आयोजना गर्ने भएको छ ।
‘सुपर स्याटरडे’ को दिन सुजुकीका चारपांग्रे सवारी खरिद गर्ने ग्राहकले सुजुकिको तर्फबाट विशेष अफर पाउने कम्पनीले जनाएको छ ।
‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउनेछन् । ग्राहकले सो दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क विमा र स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउनेछन् ।
यो अफर पुस १२ गते शनिबार १ दिनको लागि मात्र देशभरका सबै ३६ वटा सुजुकी डिलरसिपहरुमा लागू हुने कम्पनिले जनाएको छ ।
