काठमाण्डौ: नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ ।
यसपटकको निर्वाचनमा प्राध्यापक राईले प्रगतिशील प्यानल र प्राध्यापक मुना राना थापाले पेशागत समावेसी प्यानलले नेतृत्व गरेका थिए ।
प्रगतिशील प्यानललाई नेकपाले समर्थन गरेको थियो । त्यस्तै पेशागत समावेशी समूहलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।
संघका निवर्तमान सचिव लक्ष्मी केसीका अनुसार २१ मतदान केन्द्रमध्ये धरान, विराटनगर, बीरगञ्ज र लमजुङमा मुना राना समूहको समावेशी प्यानलले जित हासिल गरेको थियो । अन्यत्र भने राई नेतृत्वको प्यानल हावी भएको छ ।
सधै प्रगतिशील प्यानल हावी हुने नर्सिङ संघमा यसपटक पेशागत समूहले कडा टक्कर दिने र प्यानल भत्किने सम्मको कतिपयको अनुमान थियो । तर प्रगतिशील प्यानलले सो अनुमानलाई गलत सावित गर्दै प्यानल नै विजयी भएको छ ।

