काठमाण्डौः बलिउड अभिनेता अक्षय कुमार र पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको नयाँ फिल्मको टिजर सार्वजनिक भएको छ। यश राज फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘पृथ्वीराज’ का टिजर सोमबार रिलीज भएको हो।
फिल्ममा अक्षय कुमार, मानुषी छिल्लर, सञ्जय दत्त र सोनू सूदको मुख्य भूमिका छ। फिल्म चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन्। मानुषीले यही फिल्ममार्फत् बलिउडमा डेब्यु गरेकी हुन्।
एनडिटिभीका अनुसार ‘पृथ्वीराज’ २१ जनवरी २०२२ मा सिनेमाघरहरू रिलीज हुनेछ।
