काठमाण्डौः लिम्बू भाषाको गीत ‘हुक्फोलो’को भिडियो सार्वजनिक भएको छ ।
पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हारुलुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटारलगायत स्थानमा छायांकन भएको गीतको भिडियो बिहीबार सार्वजनिक गरिएको हो ।
गीतको भिडियो सागर केरुङले निर्देशन गरेका हुन् । याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा शब्द सागर केरुङ, संगीत प्रेम पन्धाक, स्वर डिआर हाङ्सरुम्बा, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जबेगु र शृंगार अमृता जबेगुको रहेको छ ।
