काठमाडौः गायक ध्रुव विस्को तथा गायिका सारिका घिमिरेले शुक्रवार साँझ आफ्नो स्वरमा तयार पारेको नयाँ गीत ‘जित्यो मायाले…’ सार्वजनिक गरेका छन् ।
गीतमा मनोरञ्जन भन्दा बढी दु:ख र संघर्षका कुरा छन् । गीतले दुई भिन्न जातका प्रेमि–प्रेमिकाको सम्बन्धमा जातका कारण आएको विभाजन र त्यसले निम्त्याएको परिणामको कथा पस्किएको छ ।
तल्लो जातको युवकसंग प्रेम गरे पनि बुवाको दवावमा अर्कै पुरुषसंग विवाह गर्न वाध्य चेली आफ्ना प्रेमिको खोजिमा त निस्किएकी छिन्, तर उनले प्रेमिलाई भेट्छिन् कि भेट्दिनन् भन्ने अनुमान गर्ने जिम्मा दर्शकलाई नै दिइएको छ ।
