सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल टेलिकमले ल्यायो १५ रुपैयाँमै २ सय एमबी डेटा प्याकको सुविधा

२०७६ माघ २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: नेपाल टेलिकमले अहिलेसम्मकै ठूलो डेटा प्याक सार्वजनिक गरेको छ ।

डेटा प्याक प्रयोग गर्ने आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै नेपाल टेलिकमले आफ्नो १६औं वर्षिक उत्सवको अवसरमा आफ्ना ग्राहकलाई नयाँ सुविधासहित ६ महिनासम्म प्रयोग गर्न पाइने ६० जीबी डेटा प्याकसहितको सुविधा सार्वजनिक गरेको हो ।

६० जीबी डेटाको मूल्य कम्पनीले तीन हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै कम्पनीले १६ सय रुपैयाँमा तीन महिना प्रयोग गर्न पाउने ३० जीबी डेटा प्याक पनि सार्वजनिक गरेको छ ।

बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने २ सय एमबी डेटा प्याकको सुविधा पनि कम्पनीले आफ्ना ग्राहकका लागि ल्याएको छ, जसको मूल्य १५ रुपैयाँ मात्र रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरि कम्पनीले मोबाइल रिचार्जमा पनि अफर ल्याएको छ । दुई सय र दुई सयभन्दा माथिको रिचार्जमा ग्राहकले दुई सय एमबी डेटा निस्शुल्क पाउनेछन् भने पाँच सय र पाँच सयभन्दा माथि ९ सय ९९ सम्मको रिचार्जमा पाँच सय एमबी डेटा नि:शुल्क प्रदान गरिन कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी