काठमाण्डौः मह जोडी अर्थात वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ निर्माण गरेका छन् ।
साइबर सुरक्षा र चेतनाबारे जानकारी दिने ‘अनुष्का’ लाई युट्युबमा सार्वजनिक गरिएको छ । फिल्ममा महसँगै हिउँवाला गौतम, प्रदिप वास्तोला, बिगिशा अधिकारी, रोशनी सापकोटा, मुकुन्द मैनाली, आर्यन खरेल, प्रतिशा रिजाल, दिनेश कडेल, संजय गौतम, रोशनी गौतम, बिमल खड्का, विशाल पुरी, प्रभा पौडेल, रेविका परियार, अनिशा बुढाथोकी, संगीता ढुङगाना, प्रतिभा ताम्राकारलगायतको अभिनय रहेको छ ।
