काठमाण्डौः लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको जन्मोत्सव प्रायः सधैं नै अविष्मरणीय हुने गर्दछ ।
यो वर्षको उनको जन्मोत्सवमा पनि सम्झनलायकको भएको छ । सामाजिक सञ्जालमा कलाकारहरुले उनको जन्मोत्सवको शुभकामना दिइरहे भने रेडियो अडियोले दिनभरी जसो उनका गीत तथा अन्य सामग्रीमार्फत शुभकामना दियो ।
जन्मोत्सवकै दिन मदनकृष्णको स्वरमा एउटा लोकप्रिय गीतको लिजेन्ड्री भर्सन सार्वजनिक भयो । गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो ‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन मदनकृष्णकै जन्मोत्सवको दिन सार्वजनिक गरेका हुन् । उक्त गीतको पुरुष तथा महिला भर्सन लोकप्रिय भैसकेपछि लिजेन्ड्रि भर्सनमा मदनकृष्ण श्रेष्ठको स्वर समावेश गरिएको हो ।
गीतको म्युजिक भिडियोमा पनि मदनकृष्णले नै अभिनय गरेका छन् । अभिनयमा उनलाई अभिनेत्री आँचल शर्माले साथ दिएकी छिन् । भिडियोमा आँचलले मदनकृष्णकी नातिनीको भूमिका निर्वाह गरेकी छिन् ।
