काठमाण्डौः युवा गायक स्वप्न सुमनले आफ्नी बेहुलीका लागि तयार पारेको गीत ‘वाचा भयो’ युट्युबको म्युजिक ट्रेन्डिङमा शीर्ष स्थानमा परेकाे छ ।
‘जोजो’ अर्थात् ज्योत्सना योगीलाई विवाहको प्रस्ताव राखेदेखि विवाहसम्मको यात्रालाई भिडियोमा कैद गर्दै स्वप्नले ‘वाचा भयो’ गीत सार्वजनिक गरेका थिए ।
उनीहरूले ४ मेमा विगत चार वर्षदेखिको प्रेमसम्बन्धलाई गुपचुप रूपमा विवाहमा परिणत गरेका हुन् । नजिकका साथीहरू र परिवारका सदस्यबीचको मात्रै उपस्थितिमा सुटुक्क विवाह गरेर उनीहरूले आफ्ना प्रशंसकहरूलाई सरप्राइज दिएका थिए ।
गीत सेयर गर्दै स्वप्नले यो गीत आफ्नी पत्नी र आफूहरूको विशेष दिन अर्थात् विवाहको दिनलाई डेडिकेट गर्दै लेखेको बताएका हुन् ।
