सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मन छुने सर्ट फिल्म ‘झुटी आमा’ {भिडियोसहित}

२०७९ जेठ ६, शुक्रबार

काठमाण्डौः साढे पाँच मिनेट लामो सर्ट फिल्म ‘झुटी आमा’ हेर्नु भयो ? एकपटक हेर्नुहोस् । फिल्मको क्लाइमेक्सले तपाईंको पनि आँखा रसाउने छ । अझ आफूलाई जन्म दिने आमा गुमाएका सन्तानको आँखाबाट त पक्कै पनि आँशुका धारा बग्ने छन् ।

केही दिनअघि यूट्युबमार्फत सार्वजनिक भएको उत्तम सञ्जेलद्वारा निर्देशित सर्ट फिल्म झुटी आमा वास्तवमै छोटो छ, तर छोटो भए पनि यसले गहकिलो सन्देश दिएको छ ।

आफूलाई जन्मदिने आमा बराबर अरु कोही हुन सक्दैन भन्ने कुरालाई फिल्ममार्फत दर्शाउन खोजिएको छ ।
फिल्ममा बाल कलाकार अभय अधिकारीले गरेको अभिनय तथा उनले बोल्ने संवाद प्रभावकारी लाग्छ । यो फिल्ममा अजय अधिकारी ‘सुशिल’ तथा निलम चन्दले पनि अभिनय गरेका छन् ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यो सर्ट फिल्मको कथा, पटकथा तथा संवाद पनि निर्देशक उत्तम सञ्जेलले नै तयार पारेका हुन् ।

दुर्गा पौडेलको छायांकन रहेको यो फिल्मलाई नविन घर्ती मगरले सम्पादन गरको हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)