सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पशु चौपायालाई लम्पी स्किनविरुद्धको खोप

२०८० श्रावण १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बाँकेका पशु चौपायामा तिव्र गतिमा लम्पी स्किन रोग फैलिंदै गएपछि सोविरुद्धको भ्याक्सिन लगाउने कामलाई पनि तिव्र पारिएको छ ।

लम्पी स्किन नियन्त्रणका लागि ढिलोगरी प्राप्त भएको खोपलाई तिव्र गतिमा लगाउने काम भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका फोकलपर्सन कमल चन्दका अनुसार जिल्लाका सबै पालिकाका पशु चौपायामा लम्पी स्किनको महामारी बढ्दै गएकाले सबै पालिकामा भ्याक्सिन लगाउने कार्यलाई तिव्र पारिएको छ ।

उहाँले महामारी नियन्त्रण तथा बिरामी परेका पशु चौपायाको उपचारलाई प्राथमिकता दिएर गरिरहेको जनाउँदै हालसम्म जिल्लामा चार हजारभन्दा बढी पशु चौपायालाई भ्याक्सिन लगाइसकिएको बताउनुभयो ।

फोकलपर्सन चन्दले भ्याक्सिन लगाउने कार्य तिव्र गतिमा चलिरहेकाले छिटोभन्दा छिटो सबै पशु चौपायालाई भ्याक्सिन लगाइने जनाउनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका अनुसरा खजुरा, जानकी, बैजनाथ र कोहलपुरमा सबैभन्दा बढी पशु चौपाया उक्त महामारीबाट प्रभावित भएका छन् ।

नरैनापुर, राप्तीसोनारी, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरमा पनि सो रोग फैलिनेक्रम बढ्दैगएको पाइएको छ । जिल्लामा रहेका करिब एक लाख भैँसी र ६० हजारको हाराहारीमा रहेका गाईलाई सो महामारीबाट जोगाउन ठूलो चुनौती देखिएको छ ।

हालसम्म जिल्लामा ३७ हजारभन्दा बढी पशुचौपाया लम्पी स्किनको महामारीबाट बिरामी भएको र २०० भन्दा बढीको मृत्यु भइसकेको तथ्याङ्क संकलन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ । तथ्यांक संकलन गर्ने कार्य अझै पनि जारी रहेकाले प्रभावित र मृत्युको संख्या बढ्ने जनाइएको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित