सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अमेरिकी दूतावासको भर्चुअल कन्सर्ट काठमाण्डौमा

२०७७ असार ५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ:  अमेरिकी दूतावासको आयोजनामा काठमाण्डौमा “ब्रिङिङ् कम्युनिटिज टुगेदर” भर्चुअल कन्सर्ट हुँदै छ ।

शुक्रबार साँझ ६ बजे हुजे भर्चुअल कन्सर्टमा गायक दिवेश पोखरेल अर्थात् ‘आर्थर गन’ले प्रस्तुति दिंदै हुनुहुन्छ । अमेरिकन आइडलको १८ औं सिजनको उप बिजेता पोखरेल अमेरिकन आइडलबाट चर्चित भएका नेपाली–अमेरिकी संगीतकर्मी तथा गायक हुन् ।

भर्चुअल कन्सर्टमा गायक स्वप्न सुमन र गायिकाद्वय तृष्णा गुरुङ तथा समृद्धि राईको समेत प्रस्तुति रहनेछ ।

यस्तै कार्यक्रममा साङ्गीतिक प्रस्तुतिका साथै अमेरिकी राजदूत -यान्डी डब्ल्यु बेरी, जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती, र फेशन आइकन प्रबल गुरुङले पनि आशा, स्वास्थ्य, र ऐक्यबद्धताको सन्देश दिने कार्यक्रम छ ।

अमेरिकी दूतावासको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने कन्सर्ट कोभिड-१९ को महामारीमा नेपाली र अमेरिकी समुदायबीचको सहकार्यको नमुना हुने दूतावासले विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई