काठमाण्डाैंः नेपाली साहित्यका गजलकार दीपक समीपको नयाँ गजल ‘म कैदी प्रेमको…’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको गजलको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र नरेन खड्काको फिचर्ड छ । सपोटिप्स रोलमा जीवन खड्कालाई देख्न सकिन्छ ।
दीपा घिमिरे आचार्य निर्माता रहेको गजलको निर्देशन भने मोहनराज अधिकारीले गरेका छन् । यो गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ । यो गीतको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् । सम्पादन माधव बेलबासेको छ ।
गजल सन्ध्या पोखराका पूर्वअध्यक्षसमेत रहेका समीपको रेकर्ड भएको यो दोस्रो गजल हो । उनको २०६२ सालमा ‘भूगोलभित्र नकोरिएको देश’ गजलसंग्रह प्रकाशित भएको थियो । लमजुङका दीपक समीप पोखरामा लामो समयदेखि रहेर गजलसहित साहित्यिक क्रियाकलापमा सक्रिय छन् ।
भिडियोमा हेर्नुहोसः
