सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बौद्धदर्शनलाई विश्वव्यापी बनाइनुपर्छः संस्कृतिमन्त्री

२०७७ श्रावण ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धदर्शनलाई विश्वव्यापी बनाउनुपर्ने बताउनुभएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित बौद्धदर्शन तथा गुम्बा विकास समितिको ९७ औँ बैठकमा मन्त्री भट्टराईले बौद्धदर्शनलाईं विश्वव्यापी बनाउँदै मानव जातिलाई एकीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भट्टराईले बौद्धदर्शन तथा गुम्बा व्यवस्थापन समितिमा मनोनीत हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै बौद्धदर्शनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याति कमाउने गरी कार्य गर्नसमेत सबैलाई निर्देशन दिनुभयो । उहाँले देशमा हजारौं ऐतिहासिक गुम्बा रहेको र तिनको तथ्याङ्क एकीकृत गरी जीर्णोद्धार गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले भूकम्पबाट क्षति पुगेका गुम्बाको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण तथा पुरातत्व विभागसँग समन्वय गरेर कार्य गर्न अनुरोध गर्दै देशभरि रहेका बुद्धसँग सम्बन्धित काम गर्ने संघसंस्थासँग सहकार्य अघि बढाउन पनि आग्रह गर्नुभयो । मन्त्री भट्टराईले समितिलाई बौद्धदर्शनसम्बन्धी विश्वस्तरको खोज एवं अनुसन्धान गरी प्रकाशन गर्न आग्रह गर्नुभयो ।

बैठकले बौद्धदर्शन प्रबद्र्धन तथथा गुम्बा सञ्चालन नियमावली २०७१, निर्देशिका, नियमावली २०७१, आर्थिक प्रशासन नियमावली २०७१ संशोधन तथा कर्मचारी शर्त नियमावली, प्राचीन गुम्बा÷विहारको अभिलेखीकरण गर्ने तथाबौद्धदर्शन गोन्पा विकास परिषद् ऐनको विधेयक मस्यौदा बनाएर सम्बन्धित निकायमा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै अघिल्लो आवको प्रगति तथा चालु आवका वार्षिक कार्यक्रम अनुमोदनसमेत गरिएको गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा(जिक्डोल )ले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिथिलामा ‘लबान’ को लहर

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला