सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ठुला दलहरूले जनताको हितमा काम गर्न सकेन : अध्यक्ष बिजुक्छे

२०८२ बैसाख २७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठुला दलहरूले जनताको हितमा काम गर्न नसकेकै कारण अहिले समस्या आएको बत्ताउनु भएको छ ।

सो पार्टीले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीको घोषणापत्र अनुसार  निर्वाचन अघि जनतासँग गरेको प्रतिबद्धता सरकारमा पुगेपछि बिर्सने गरेका कारण जनतामा नैरश्यता छाएको बत्ताउनुभयो ।  जनतासँग गरेको प्रतिबद्धता कुनै पनि हालतमा पुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जनतामा देखिएको नैरश्यता हटाउन मुलुकमा आर्थिक समाजवाद आवश्यक रहेको र त्यसका लागि दलहरू एक जुट हुनुपर्ने उहाँको भनाई थियो  । उहाँले नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन् भन्नुहुँदै उहाँले काठमाण्डौमा केही मान्छे भेला हुँदैमा राजतन्त्र नफर्कने दाबी गर्नुभयो । नेपालबाट राजतन्त्र बिदा भइसकेकोले अव पुराना शक्तिहरू फर्किने उहाँको भनाई थियो ।

एक प्रश्नमा उहाँले दलहरू मिल्नुको विकल्प नभएको चर्चा गर्दै तर सबै  दलहरू लाई एकताबद्ध भएर अघि बढ्ने हो भने ठुलादलहरुले आफु भित्र रहेको कमीकमजोरीहरूलाई सच्याउनु आवश्यक रहेको बत्ताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव