सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बहुमत गुमाइसकेपछि पनि मुख्यमन्त्री कुर्सीमा टाँसिनु उचित होइन : खगराज भट्ट (अन्तवार्ता)

२०८३ श्रावण १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सरकार गठन प्रक्रिया कसरी अगाडि बढाइराख्नु भएको छ ?

सुदूरपश्चिम सरकार र मातहतका निकाय बजेट होलिडेको स्थितिमा छन् । मुख्यमन्त्री कमल शाहकै कारणले बहुमतको सरकार र गठबन्धन पनि भत्किएको छ । त्यसको मुख्य कारक त सुदूरपश्चिम नै हो नि । कर्मचारीहरूले तलब नपाएको अवस्था छ । सबै कुरा ठप्प छ । सुदूरपश्चिममा कुनै प्राकृतिक विपत्ति आयो भने त्यसको व्यवस्थापन गर्न हामीसँग कुनै स्रोत छैन । त्यसलाई खर्च गर्ने कुनै अख्तियारी छैन ।

लामो समय यसरी बस्नु भनेको जनताप्रतिको, राष्ट्रप्रतिको जबाफदेहिता र जिम्मेवारीप्रति सरकार र मुख्यमन्त्रीज्यू गम्भीर नदेखिनु हो ।

यहाँ हाम्रो गठबन्धनभित्र या नेपाली कम्युनिस्ट पार्टीको संसदीय दलभित्र समस्या भएर वा अन्य कुनै पनि कारणबाट समस्या भएको होइन । मुख्यमन्त्रीज्यूले मार्गप्रशस्त गर्नासाथ हामी सरकार बनाउँछौँ ।

सत्ता साझेदार रहँदै आएको एमालेले समर्थन फिर्ता लिएको पनि १९ दिन भइसक्यो, तर मुख्यमन्त्रीले राजीनामा दिनुभएको छैन, विश्वासको मत पनि लिनुभएको छैन । प्रदेश बजेट होलिडेमा पुगिसकेको र आफूसँग बहुमत गुमाइसकेपछि उहाँले सरकार नछोड्नुको कारण के होला ?

हाम्रो प्रदेश सभामा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र राप्रपा गरेर चार वटा दल छौँ । राप्रपाको १ जना, नेपाली कांग्रेसको १८ जना सांसद छन् । नेकपाको २२ जना सांसद छन् । नेकपा एमालेको ११ सांसद छन् । त्यो हिसाबले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको सरकार बन्ने ग्यारेन्टी भइसकेको छ । हामीसँग ३१ जना पुग्छ, यो बहुमत हुन्छ ।

पूर्वमुख्यमन्त्री दीर्घ सोडारीजी निलम्बनमा हुनुहुन्छ, सभामुखले मत हाल्न नपाएको हो, नत्र हाम्रो सांसद सङ्ख्या ३३ नै हुन्थ्यो । सङ्ख्याको हिसाबले करिब दुई तिहाइको हुन्छ । ३१ जना यतापट्टि स्पष्ट बहुमत भइसकेको स्थितिमा खेल्ने ठाउँ कहाँ रहन्छ रु  खेल्ने ठाउँ कहीँ पनि छैन ।

हो, उहाँ अल्पमतमा परेको र अर्को वैकल्पिक सरकार बन्ने ग्यारेन्टी पनि नभएको स्थितिमा केही गरी मैले सक्छु कि भनेर प्रयास गर्ने कुरालाई अन्यथा मान्न सकिन्न । अहिले त वैकल्पिक सरकार बन्ने ग्यारेन्टी भइसक्या छ । फेरि पनि मुख्यमन्त्री कुर्सीमै टाँसिइरहनु भएको छ । बजेट होलिडेको परिस्थिति बनाएर कुर्सीमा टाँसिने कुराले स्वयं कांग्रेस पार्टी र उहाँलाई नै राम्रो गर्दैन नि ।

पछिल्लो समय नेकपाभित्रै केही सांसदहरू यताउता लागे भन्ने खालको समाचार आइरहेको छ, वास्तविकता के हो ?

नेकपाको संसदीय दलले नेकपा एमाले र कांग्रेसको बिचमा बजेटको विषयलाई लिएर मतभेद भएकै परिस्थितिमा एउटा अफिसियल निर्णय गरेको छ । हाम्रो नेतृत्वमा सरकार बनाउने गरी औपचारिक र सर्वसम्मत निर्णय गरेको छ । सदनमा रहेका सबै दलसँग वार्ता र संवाद गर्ने हामीले निर्णय गरिसकेका छौँ । अनि नेकपाले आफ्नै नेतृत्वमा सरकार बनाउने गरी औपचारिक निर्णय नै गरिसकेको परिस्थितिमा पार्टीभित्र विवाद छ भन्ने कुरा कहाँबाट आउँछ रु व्यक्तिको कुरा छोडौँ । नेकपा अहिले पूर्वमाओवादी मात्रै होइन, नागरिक उन्मुक्ति पनि हो, एकीकृत समाजवादी पनि हो र तत्कालीन माओवादी केन्द्र पनि हो । हामी सबै मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो ।

नेपाली कम्युनिस्ट पार्टीको संसदीय दलको औपचारिक बैठकले नै आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि मुख्यमन्त्रीज्यू अल्पमतमा परिसकेका हुनाले उहाँले मार्ग प्रशस्त गर्नुपर्ने र हाम्रो नेतृत्वमा सरकार बनाउनका लागि सदनमा रहेका सबै पक्षसँग संवाद गर्ने निर्णय नै गरिसक्या छौँ । उहाँ अल्पमतमा परेपछि सर्वसम्मत रूपमा संसदीय दलले त्यो निर्णय गरेको छ ।

त्यसपछि विवाद भन्ने कुरालाई नक्कली र कृत्रिम ढङ्गले मिडियाकरण गरेर केही अर्थ छैन ।

नेकपाकै सुदूरपश्चिम सहइन्चार्ज रञ्जिता श्रेष्ठले साबिकको नाउपाका केही सांसदले संस्थापक रेशम चौधरीलाई भेटेको विषयमा असन्तुष्टि जनाउनु भएको थियो नि ?

रञ्जिताजीसँग हाम्रो निरन्तर संवाद छ । उहाँले हाम्रो नेतृत्वमा सरकार बनाउने कुरालाई गम्भीरतापूर्वक लिनुभएको छ र अहिले उहाँले निरन्तर मेहनतमा लागिरहनुएको छ । त्यसकारण कसले कसलाई भेट्यो भन्ने एजेन्डा होइन । नेकपाको नेतृत्वमा वामपन्थी गठबन्धन सरकार बनाउने विषय रञ्जिताजीको एकमात्र लक्ष्य र गन्तव्य हो । कतै उहाँको फरक मत छैन ।

राजनीतिमा रात रहे अग्राख पलाउँछ भनिन्छ । त्यस स्थितिमा के गर्नुहुन्छ ?

अग्राख पलाउने कुरा सङ्क्रमणकालीन परिस्थितिमा हो । कसैको पनि पक्षमा बहुमत नजुटेकै परिस्थितिमा तपाईँले भन्या कुरा हो । सदनमा केन्द्रीय तहबाटै दुई वटा वाम मिलेर जाने भन्ने समझदारी भइसकेको र दुवै वामको पक्षमा प्रचुर बहुमत रहिसकेको स्थितिमा त्यो अघ्राख–सघ्राख कहीँ केही पलाउनेवाला छैन ।

अब कसरी अगाडि बढ्नु हुन्छ ?

पहिलो कुरा नेकपाको नेतृत्वमा सरकार बनाउन कुनै गाह्रो छैन । दलको नेताको नेतृत्वमा सरकार बनाउने विषयमा कुनै विवाद छैन । यस विषयमा च्याप्टर क्लोज भइसक्यो । गठबन्धनका शीर्ष सबै नेताले मलाई बधाई र शुभकामना पनि दिइसक्नुभएको छ । संसदीय दलको कुनै पनि माननीयले आफ्नै शब्दबाट यो विषयमा, हाम्रो दलको स्पष्ट निर्णयको विषयमा सदस्यहरूले बोल्दै आउनुभएको छ ।

यसलाई अनुमानको आधारमा न्युज बनाउने कुरा गरिराछन्, त्यो राम्रो भएन । पत्रकार साथीहरूलाई मेरो विनम्र आग्रह के छ भने तथ्यमा टेकेर न्युज बनाइदिनुस् । त्यो विषय न्युज बन्दैन । नेकपाभित्र विवाद, अर्कोभित्र विवाद निरन्तर समाचार बनाइराखेका छन् । वास्तविकता के हो, त्यो बाहिर ल्याउँदा राम्रो हुन्छ ।

मुख्यमन्त्रीले राजीनामा नदिएको अवस्थामा कसरी अगाडि बढ्नुहुन्छ ?

हामी आन्तरिक तयारी गर्छौँ । बजेटसम्बन्धी कसरी जाने रु भोलि हामीलाई लगत्तै सबै कुरा फटाफट गर्नुपर्ने हुन्छ । त्यो फटाफट गर्नका लागि सरकारमा गएर गर्नुपर्ने केही तयारीका पक्षहरूलाई हामी सरकारपूर्व पनि गर्छौँ । नियम, कानुनको स्थितिबारे हामी निर्णय गर्छौँ । रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल