सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

निशा सुनारको ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

२०८३ भाद्र २२, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौं, भदौ २२ । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका निशा सुनारको नयाँ लोक-सांगीतिक कोसेली ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक भएको छ।

नेपाली मौलिकता, आकर्षक शब्द-संगीत तथा श्रव्य-दृश्य प्रस्तुतिका कारण गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोतामाझ चर्चा बटुल्न थालेको छ।

गीतमा गायिका निशा सुनारसँगै लोकप्रिय गायक तथा सर्जक प्रकाश सपूतको स्वर रहेको छ। गीतको शब्द र संगीत प्रकाश सपूतकै रहेको छ भने संगीत संयोजन सुदीप सागरले गरेका छन्।

गीतको म्युजिक भिडियोमा चर्चित कलाकार निरुता सिंह, प्रकाश सपूत र बिन्दु बोहोराको अभिनय देख्न सकिन्छ। सुनील बीकेको निर्देशनमा तयार गरिएको भिडियोमा नेपाली पहिरन, संस्कृति र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

मिठासपूर्ण स्वर, कर्णप्रिय संगीत र उत्कृष्ट छायांकन तथा प्रस्तुतीकरणका कारण गीतले छोटो समयमै दर्शक–श्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ।

नेपाली लोक संस्कृतिको सुन्दर पक्षलाई समेटिएको ‘लाली लपक्कै सारी सपक्कै’ अहिले युट्युब लगायत विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भइसकेको छ। गीतले नेपाली संगीतप्रेमीमाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ।

भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई